हिँउ खेल्न जादा सडक दुर्घटनामा परी दुई नेपाली युबाको मृत्यु

२८ जुलाई सिड्नी ।
अष्ट्रेलियाको एनएसडब्लु राज्यको स्नो माउन्टेनमा अहिले हिउ खेल्न जाने क्रममा सडक दुर्घटनामा परी दुई नेपाली युबाको मृत्यु भएको छ ।आईतबार बिहानै एनएसडब्लुको कुमाको मोनारो हाईबेमा कार दुर्घटनामा परी २० देखि २२ बर्ष उमेर समुहका युबाहरुको मृत्यु भएको स्थानीय मिडियाहरुले जनाएका छन् । कार सडक छेउको रुखमा ठोकिएर करिब १ सय पचास मिटर तल खसेको स्थानीय मिडियाले लेखेका छन् ।कारमा पाँच जनाको समुह स्नो माउन्टेनमा जानका लागि सिड्नीबाट हिंडेको र बाटोमा क्याम्पिंग गरेर विहानै गन्तब्य तर्फ हुईकिएका थिए । तर के कति कारणले दुर्घटना भएको हो भन्ने बारे यो समचार तयार पार्दा सम्म सार्बजनिक भएको छैन । प्रहरी घटनाको कारण छानबिनमा रेहको छ । कार दुर्घटनामा परेका मध्ये ३ जनालाई हेलिकोप्टर बाट उद्दार गरी क्यानबेरा अस्पतालमा उपचार गरिएको थियो । तिनै जनाको अबस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ ।

थप जानकारीका लागि हामी प्रयासरत छौ ।

photo:ABCnews

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।