एनटिभी,२७ जुलाई सिड्नी ।
नेपाली टिभीले शनिबार सिड्नीको क्लिनिङमा नेपाली बिध्यार्थीहरुलाई ठगेका आशिष प्रधानले ९८ जनालाई पैसा तिरे भन्ने शिर्षकको समचार प्रकासन पछि अहिले नेपाली टिभिको कार्यलयमा आउने र फोन सम्पर्क बाट आफुहरुले पैसा नपाएको बताउनेहरुको सख्या दुई दर्जनको हाराहारिमा पुगेको छ ।आशिष प्रधानले शुक्रबार सांझ सम्ममा आफुले ९८ जनालाई नै पैसा फिर्ता गरिसकेको बताउदै पैसा तिरेको लिष्ट पठाएका थिए । उक्त लिष्टमा भएका नाम वालाको खातामा चेक डिपोजिट गरेको,चेक डिपोजिटका हिसाबले एकाउन्ट ब्यालेन्स पनि देखाउने गरेको तर प्रधानको खातामा पैसा नभएपछि “चेक रिटर्न” भएर उल्टो पिडितहरुको खाता माईस हुने गरेको तथ्य खुलेको छ । खाता माईनस भएपछि केहिको खाता समेत बैंकले बन्द गर्न थालेको छ ।
आशिष प्रधानले पिडितहरुलाई पैसा जम्म गर्दिएको भन्दै चेक डिपोजिटको सिल्प पठाउने गरेका थिए । पिडितहरुले पैसा हाल्दिनु भनेर आग्रह गर्दा हुन्छ हुन्छ भन्ने तर चेक डिपोजिट गरेर झारा टार्दै आईरहेको पिडितहरुले बताए । उनले पैसा तिरेको भनिएकाहरु मध्येको सुबोध कार्कीको १९ जना को ५०० का दरले ९ हजार ५ सय डलर एकाउन्टमा देखाए पनि ४ दिन हुदा सम्म उपल्बध ब्यालेन्स हुन सकेको छैन ।
करिब दुई दर्जन जति पिडितले नेपाली टिभिलाई फोन गर्दै चेक डिपोजिटको शिल्प पठाएको केहि समय एकाउन्ट ब्यालेन्समा पैसा देखाएको तर पछि खाता माईनसमा भएकाले उल्टै तनाब भएको समेत गुनासो गरे । नेपाली टिभिले छड्के चेक गर्दा केहिले भने पैसा पाएको बताएका छन् । अहिले प्राप्त गुनासा अनुसार प्रधानले अझै ७० जना भन्दा बढीलाई पैसा तिर्न पर्ने देखिन्छ ।
प्रधानले पैसा तिरे भनेर पठाएको लिष्ट तर यो लिष्टका अधिकासले पैसा नपाएको गुनासो आएको छ –