एनटिभी,२७ जुलाई सिड्नी ।
नेपाली टिभीमा जुलाई १५ मा सिड्नीमा क्लिनिङमा ठगी धन्दा,ठुलै गिरोह सकृय शिर्षकको समचार प्रकाशन पछि निरन्तर रुपमा नेपाली टिभीको फलो अपमा फेसबुक नाम आशिष प्रधानले यो समचार तयार गर्दा सम्म (शनिबार ११ बजे) ९८ जना नेपाली पिडित बिध्यार्थीहरुको पैसा फिर्ता गरेको दाबी गरेका छन् ।प्रधानले पठाएका पैसा भुक्तान गरिएकाको सुचि अनुसार केहि पिडितहरुलाई फोन गरेर छड्के चेक गर्दा समेत पैसा पाएको बताएका छन् । भने,केहिले खातामा टोटल ब्यालेन्समा देखाएको तर उपलब्ध ब्यालेन्समा अझै देखाईनसकेको बताएका छन् । प्रधानका अनुसार आफुले काम दिएको मध्येको बिकास खड्का र अन्य एक बिध्यार्थीको पैसा बाकी छ । तर उनले क्लिनिङको काम दिन्छु भनेर जनहरी ३०० देखि १ हजार डलर सम्म नगद लिएका सबैको पैसा फिर्ता गरिसेको दाबी गरेका छन् ।प्रधानले नेपाली बिध्यार्थी र युबाहरुलाई आफुले युटिएसको ५७ मिलियनको क्लिनिङ कन्ट्रयाक पाएको र आफुलाई ठुलो संख्यामा कामदार चाहिएको भन्दै काम पाउनका लागि ५०० डलर आफुलाई दिनु पर्ने भन्दै जनही ३०० देखी ५०० नगद डलर उठाएर ठगेका थिए ।तोकिएको समयमा काम नभएपछि बिध्यार्थीहरुले युटिएस गएरै बुझे उनले युटिएसको लोगो राखी नक्कली सम्झौता देखाएर बिध्यार्थीहरु संग ठगिरहेका रहेछन् । त्यसपछि आफुहरु अन्यायमा परेको भन्दै केहि बिध्यार्थीहरु नेपाली टिभिको सम्पर्कमा आएका थिए ।नेपाली टिभीले ती प्रधान संग पिडितहरु राखेरै बार्ता गरेको थियो भने पिडितहरुको पैसा फिर्ता गर्ने सर्त अनुसार उनले पैसा फिर्ता गरेका हुन् । उनले नक्कली बैंक डिपोजिट गर्ने समेत खुलेको छ । उनले नक्कली बैंक डिपोजिट गर्ने क्रममा एक बिध्यार्थीको ९ हजारको हाराहारीको रकम बैंकमा नकरात्मक मौज्दातमा बसेर बैकले मनि लाउन्ड्रिङको शंकामा उनको कमनवेल्थको बैंक खातानै बन्द गरिदिएको छ । जुन खाता खुलाउन ती युबा धेरै दिन बैक समेत धाएका थिए ।काम दिन्छु दिन्छु भन्दै कराउन सक्ने बिध्यार्थी र सब-कन्ट्रयाक्टरलाई समेत उनले नक्कली बैक डिपोजिट गरेर शिल्प पठाउने गरेका थिए । जुन बैक सिल्प अनुसार १ साता सम्म पनि आफ्नो खातामा पैसा उपलब्ध हुन नसके पछि प्रधानको बिषयमा युबाहरुले चासो दिएर युटिएसको ब्यबस्थापन पक्ष सम्म नै पुगेर कुरा गर्दा उनी ठग रहेको प्रमाणित भएको थियो ।
चाईनिज युबती समेत पिडित:
आशिष प्रधानले मरिया नामक युबतीलाई समेत १० हजार डलर ठगेको जानकारी प्राप्त भएको छ । उनलाई कामको सबकन्ट्रयाक दिन्छु अहिले आफुलाई दस हजार चाहिने भन्दै लिएको बुझिएको छ । यसबारे मरिया संग बुझ्न खोज्दा उनको फोन उठेन । तर मरियाले प्रधान संगै नेपाली टिभिको फोनको बारे जानकारी गराउदै पैसा फिर्ता गर्न आग्रह गरेको स्रोत बताउछ ।
यो पनि पढ्नुहोस्: