समचार प्रभाब: सिड्नीको क्लिनिङको ठगले पैसा फिर्ता गर्दै

एनटिभी,२२ जुलाई सिड्नी ।
नेपाली टिभीमा जुलाई १५ मा सिड्नीमा क्लिनिङमा ठगी धन्दा,ठुलै गिरोह सकृय शिर्षकको समचार प्रकाशन पछि अहिले ठग एक नेपाली युबाले आफुले पैसा लिएका नेपाली बिध्यार्थी र युबाहरुको पैसा फिर्ता गर्न थालेका छन् । ती ठगले नेपाली बिध्यार्थी र युबाहरुलाई आफुले युटिएसको ५७ मिलियनको क्लिनिङ कन्ट्रयाक पाएको र आफुलाई ठुलो संख्यामा कामदार चाहिएको भन्दै काम पाउनका लागि ५०० डलर आफुलाई दिनु पर्ने भन्दै जनही ३०० देखी ५०० नगद डलर उठाएर ठगेका थिए ।

तोकिएको समयमा काम नभएपछि बिध्यार्थीहरुले युटिएस गएरै बुझे उनले युटिएसको लोगो राखी नक्कली सम्झौता देखाएर बिध्यार्थीहरु संग ठगिरहेका रहेछन् । त्यसपछि आफुहरु अन्यायमा परेको भन्दै केहि बिध्यार्थीहरु नेपाली टिभिको सम्पर्कमा आएका थिए ।

नेपाली टिभीले ती युबा संग पिडितहरु राखेरै बार्ता गरेको थियो भने पिडितहरुको पैसा फिर्ता गर्ने सर्तमा ती युबाले अहिले पैसा फिर्ता गर्न थालेका छन् । पिडितहरुका अनुसार १२२ जना ठगिएको बताए पनि ती युबाका अनुसार भने आफ्नो कन्टयाकमा ९७ जना मात्र रहेको र त्यसमध्ये ७७ जना संग मात्र पैसा लिएको स्विकार्दै माफी समेत मागेका थिए ।

यो समचार तयार गर्दा सम्म ति युबाले ३४ जनाको पैसा फिर्ता गरेका छन् भने अझै पनि ४३ जनाको बाँकी नै छ । उनले काम लगाएर एक बिकास नामको बिध्यार्थीलाई समेत करिब २७०० डलर तिर्न बाँकी छ । जसमध्येको १ हजार डलर मंगलबार र बाँकी शुक्रबार सम्म तिर्ने टेलिफोन सम्पर्कमा बताएका छन् ।ति युबाले आफुले सबैको पैसा फिर्ता गर्ने तर समचारमा नाम नलेखिदिन आग्रह गरेकाले उनको नाम प्रकाशन गरिएको छैन । यद्दपी उनले सबैको पैसा फिर्ता नगरेको खण्डमा नाम र फोटो सहितकै समचार प्रकाशन गर्न नेपाली टिभी बाध्य हुनेछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।