समचार प्रभाव:सिड्नीको क्लिनिङको एउटा बिबाद मिल्यो,युटिएस काण्ड बाँकी नै

एनटिभी,२१ जुलाई सिड्नी ।
गत १५ जुलाईमा प्रकाशित “सिड्नीमा क्लिनिङमा ठगी धन्दा,ठुलै गिरोह सकृय” शिर्षकको समचार पछि गत दुई महिना देखि बिबादित रहेको एक क्लिनिङको बिबाद भने टुङगिएको छ ।
नेपाली टिभिको पहलमा दुबै पक्ष संग बार्ता गरी दुबै पक्षलाई सहमती आएर नेपाली बिध्यार्थीहरुलाई न्याय दिन टिभीले गरेको पहलमा दुबै पक्ष राजीखुसीले दिनु पर्ने पैसा नेपाली टिभीकै बैंक एकाउन्टको माध्यम बाट भुक्तानी गरी टिभीले कामदार बिध्यार्थीलाई टिभीले भुक्तानी गरेपछि यो बिबाद सकिएको हो ।नेपाली द्वारा संचालित मुख्य क्लिनिङ कम्पनी र सब कन्ट्रयाक्टर कम्पनी बिच काम गरेको घण्टा नमिलेको भन्दै मुख्य कम्पनीले सब कन्ट्रयाक्टरलाई पैसा रोकेको थियो । पैसा रोकिएपछि सब कन्ट्रयाक्टरले बिध्यार्थीलाई भुक्तानी नगरेपछि बिध्यार्थीहरु नेपाली टिभिको सम्पर्कमा आएका थिए ।
बिध्यार्थीहरुले आफुहरुले काम गरेर पनि भुक्तानी नपाएको भन्दै पैसा उठाईदिन आग्रह गरेका थिए ।

युटिएसको ठगी काण्ड:
युटिएसको ५७ मिलियनको क्लिनिङ कन्ट्रयाक पाएको भन्दै सिड्नी बस्ने एक नेपाली युबाले १२२ जना संग जनही ५०० का दरले पैसा लिएको भन्ने गुनासाहरु आएपछि नेपाली टिभीले यस बिषयमा फलो अप गरेको थियो ।

नेपाली टिभीको रोहबरमा ठगिएका केही बिध्यार्थी र ठगेका भनिएका ति युबा संग बार्ता गर्दा उनले गत शुक्रबार सम्म पैसा फिर्ता गर्ने सहमती गरे पनि उनले शुक्रबार सम्म सबैको रकम फिर्ता गरेका छैनन् ।

१२२ जनालाई ठगेको गुनासा आए पनि उनले भने ९७ जना मात्रै आफ्नो सम्पर्कका कामदार बिध्यार्थी भएको र जसमध्ये ७७ जना संग मात्रै पैसा लिएको स्विकारेका छन् । ७७ जना मध्ये केहिको पैसा फिर्ता गरेको रसिद समेत नेपाली टिभीलाई पठाएका छन् । तर,पठाईएका रसिदमा धेरै शंका भएकाले छानबिनमा रहेको छ । ति युबा संग टिभीले फिर्ता गरिएका सबै रसिदको प्रिन्ट दिन र फोन गरेर बिध्यार्थी संग प्रमाणित गर्न सोमबार सम्म समय माग गरेको छ । पछिल्लो समय सिड्नीमा काम लगाएर पैसा नदिने घटनाहरु बढीरहेका छन् ।

यो पनि पढ्नुहोस्:

सिड्नीमा क्लिनिङमा ठगी धन्दा,ठुलै गिरोह सकृय

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।