सिड्नीमा क्लिनिङमा ठगी धन्दा,ठुलै गिरोह सकृय

एनटिभी,१५ जुलाई सिड्नी ।
सिड्नी जहा नेपालीहरुको बाक्लो उपस्थित छ । ठुलो सपना बोकेर अष्ट्रेलिया उच्च शिक्षा हासिल गर्नका लागि आउनेहरु मध्ये संघर्षरत समय अबधिमा अधिकांसका लागि सोचे जस्तो नहुन पनि सक्दछ । सरल भाषामा भन्नुपर्दा अवसर संगै कडा चुनौतीको देश ।काम,समय र पढाई मिलाउन त्यती सहज भने पक्कै छैन । काम बिना केहि सोच्नै सकिदैन । जब सम्म एउटा स्थायी काम हुदैन तब सम्म धेरै गाह्रो हुन्छ नै । काम खोज्दा खोज्दा कति भौतारिनुपर्छ त्यो भोग्नेलाई मात्र थाहा हुने कुरा हो ।यसै क्रममा कसैले तलाई क्लिनिङ काम त्यो पनि घण्टाको २९ देखी ३५ डलर सम्म पनि भन्ने गरिन्छ र काम चाहिने हो भने मलाई ५०० डलर देउ । अब जो कामको कुरो छ त्यो पनि आकर्षक तलब सहितको कस्ले नाई भन्ला र बरु साथी भाई संग सरसापट किन नगर्ने जब २ दिन काम गरे त ५०० उठिहाल्छ त्यसपछिको कामको त चोखो कमाई यस्तै यस्तै सोच जोकोहीलाई पनि आउन सक्छ त्यसपछि दिन्छौ ५०० डलर नगद (क्यास ईन ह्याण्ड) ।
जब नगद पाउछ त्यसपछि निरन्तर रुपमा सम्पर्कैमा रहन्छ ती खाले ब्यक्ती (केहि ब्यक्ति भने पैसा लिएपछि सिम नै चेन्ज गरेर सम्पर्कबिहिन हुन्छन् ।) अहिले यस्ता केहि ठगहरु सकृय रहेका छन् ।

युटिएस सर्बाधिक ठुलो युनिभर्सिटी हो,जसको नाम समेत दुरुपयोग गर्दै एक नेपाली युबा (हेर्दा जेन्टलम्यान) ले करिब १२२ जना जती नेपाली बिध्यार्थीहरुलाई ठगेको छ । त्यसमध्येको केहिको लिएको ५०० डलर समेत फिर्ता गरेको छ । युटिएसको क्लिनिङ काम आफुले पाएको भन्दै युटिएस संगको फेक सम्झौता देखाउदै जनहि ५०० डलर लिएको पिडित बताउछन् । केहि बोल्न र कराउन सक्ने संग ५०० लिएका छैनन् । भने लिएका मध्ये कराउने,कम्प्लेन गर्दिन्छु भन्नेहरुको भने पैसा फिर्ता दिएका छन् ।

यस किसिमको प्रकृतिको ठगले फेक बैकिङ डिपोजिट समेत गर्ने गरेका छन् । रोष्टरको एप्लिकेसन समेत बनाएर ति पैसा लिईएकाहरुलाई कामको रोस्टर समेत पठाउछन् । जुन दिन बाट काम छ रोष्टरमा त्यसको एक दिन अगाडी आएर काम केहि कारण सरेको अर्को हप्ता या फलानो मिति बाट हुन्छ-हुन्छ भन्दै २,४ महिना नै त्यसरी झुलाएर बिताउछन् । त्यती सम्म हुदा पनि बिध्यार्थीको प्रतिक्षा भने सकिएको हुदैन फेरी पनि सम्पर्कमा आउछन् र दाई खै काम के भयो ? ‘ए भाई,ए बहिनि काम हुदैछ ल भोली या पर्सी ड्रेस बाँड्छु लिन आउनु’। ड्रेस र जुत्ता बाड्नु उनको पोलिसि हो काम बने पाईदैन । यसैगरी झुलाई राख्ने त्यो अबधिमा अरु नयाँ नयाँ बिध्यार्थी या कामदार खोज्यो फेरी जनहि ५०० नगद लियो घर गयो क्या गजबको कमाई छ ।

५०० डलर कमाउन एक हप्ता अर्काको गाली सुनेर,ज्यान माटो पारेर कमाउन पर्छ यस्ता ठगहरु भने फोनमा गफ दिएकै र चिया चुरोट खाएकै भरमा ५०० डलर कमाउछन् । यो ठगले कामदारले किचकिच गरेमा नक्कली बैक डिपोजिट पनि गरेर स्कृन सट पठाउछन् त्यो पनि ठुला-ठुला रकम,जुन रकम तपाईले सोचेकै हुदैन (तस्बिरमा हेर्नुहोस्) ।रोष्टर एप्लिकेसन बनाउने,सम्झौता पेपर,फेक डिपोजिट गर्ने केहिको खाता नै नेगेटिभ सम्म बनाउने देखिएकाले यो समुहमा ठुलै गिरोह हुन सक्ने अनुमान गर्न सकिन्छ ।
धेरैको गुनासा र सहयोगको अपिल आएपछि नेपाली टीभिको प्रतिनिधिकै रोहबरमा छलफल गर्दा लिइएको सबैको पैसा फिर्ता गर्ने उनले प्रतिबद्दता गरेका छन् । यद्दपी अझै पनि सबैलाई पैसा फिर्ता गरेका छैनन् ।

नेपाली टिभिको उपस्थित हुदा मार्टिन पिलेसमा करिब १० जनाको पिडितहरुले घेरेका थिए । उनिहरुमा निकै आक्रोस थियो तर हात हाल्न नपाईने कारण कसैले केहि गर्न भने सकेनन् । मुखले गाली गरे फर्के गर्न सकिने केही ठाँउ नै छैन । यस बारे पिडितहरुले फेयर वर्कमा समेत सम्पर्क गरे जहाँ उसको पहिले नै केहि रेकर्ड रहेछ । उस्लाई ठगेर खाने बानी परेको चिन्नेहरु बताउछन् । त्यसर्थ कोही कसैले काम दिन्छु यति पैसा देउ उती पैसा देउ र कामको लोभ लालच देखाउछ भने त्यस्मा नफस्नुहोला । कसैलाई कामदार चाहिएको हो भने तुरुन्तै काममा बोलाउछ र काम गराउछ,कस्ले झुलायो की बुझ्नुस् केहि गडबड छ ।चाईनिजलाई समेत ठगे:
ति ठगले मरिया नामक युबतीलाई समेत १० हजार डलर ठगेको जानकारी प्राप्त भएको छ । उनलाई कामको सबकन्ट्रयाक दिन्छु अहिले आफुलाई दस हजार चाहिने भन्दै लिएको बुझिएको छ । यसबारे मरिया संग बुझ्न खोज्दा उनको फोन उठेन ।

रकडेलका कन्ट्रयाक्टर पिडित
रकडेल बस्दै आएका एक क्लिनिङका सब कन्ट्रयाक्टरले ३ जना नेपाली द्वारा संचालित क्लिनिङ कम्पनीमा कामदार चाहियो भने अनुसार कामदार पठाए त्यो पनि नेपाली बिध्यार्थीहरु । १२ जनाले काम गरे ३ दिन ।

काम गरेपछि ३ दिनको दिनमा फलानोले काम गरेको भएन,काममा यस्तो उस्तो भन्दै काम बाट निकाल्दिने गरेको र ३ दिन काम गरेको १२ जनाकै पैसा नदिएको बताउछन् । त्यसमध्येका केहि नेपाली टिभिको सम्पर्कमा आएका छन् ।

पिडितका अनुसार रकडेलको सबकन्ट्रयाक्टरले प्रतिघण्टा १६ डलरले दिने भन्दै काममा गएको र आफुहरुले ३ दिन करिब २४ घण्टा काम गरेर एक डलर पनि नपाएको बताउछन् । यसबारे सबकन्ट्रायक्ट संग बुझ्दा आफुले कामदार पठाएको नेपालीहरुको क्लिनिङ कम्पनीले नै पैसा नदिएकोले आफुहरुले कामदारलाई भुक्तानी दिन नसकेको बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।