संसद बैठक चलिरहदा काँग्रेस सांसद ‘ब्लु ‘फिल्ममा मस्त

भारत ।

संसदमा पोर्न फिल्म हेर्दाहेर्दै कांग्रेसका एक सांसद रंगेहात समातिएका छन् । भारतको ओडिशामा सोमबार बसेको विधानसभा बैठकमा कांग्रेसका विधायक नाबा दास पोर्न फिल्म हेर्दाहेर्दै समातिएका हुन् । आजतकका अनुसार संसदमा सभासदहरुबीच प्रश्नउत्तर चलिरहेका बेला कांग्रेस विधायक दास आफ्नो स्मार्टफोनमा पोर्न फिल्म हेरिरहेका थिए । झारसुगुड़ा क्षेत्रबाट दोस्रो पटक सांसदमा निर्वा्चित दासले आफूले अञ्जानमा पोर्न भिडियो हेरेको तर, जानीजानी नभएको दाबी गरे । उनले यो घटना आफूविरुद्धको षडयन्त्र भएको दाबी गरे ।
उनको यस्तो हर्कतको पर्दाफास भएपछि सत्ताधारी दल बिजेपीले उनीविरुद्ध कारवाहीको माग गरेको छ ।

बिजेपीकी वरिष्ठ नेता तथा महिला मोर्चा अध्यक्ष प्रमिला मलिकले यो एकदमै शर्मनाक कदम भएको भन्दै तत्काल कारवाही गर्न विधानसभा अध्यक्षसँग माग गरिन् ।यसैगरी कांग्रेसले पनि घटनाको छानविन हुनुपर्ने बताएको छ ।

कांग्रेसका महासचिव सुलोचना दासले भनेका छन्– यो घटना हुनु निकै लज्जास्पद छ यो छानविन हुनुपर्छ यदि हाम्रा सांसद दोषी पाइए उनीविरुद्ध कारवाही अगाडि बढाउनुपर्छ ।मंगलवार संसदका अध्यक्ष निरञ्जन पुजारीले दासलाई सात दिनका लागि निलम्बित गरेका छन् । उनले घटनाको छानविन प्रस्ताव संसदबाट पारित गराएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।