मदन भण्डारीको शव भेट्टाउने हेमबहादुरको बयान,जागिर पाइनँ,लागेँ अरबतिर

आज जेठ ३ गते । तत्कालीन एमालेका महासचिव रहेका मदनकुमार भण्डारी र जीवराज आश्रितको ०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।जेठ ३ गते बिहान करिब पौने ५ बजे दासढुंगाबाट त्रिशुली नदीमा जीप खस्दा भोलिपल्ट जीपभित्रै जीवराज आश्रितको शव भेटिएको थियो । मदन भण्डारीको शव करीव ३२ किलोमिटर तल पश्चिम चितवनको गाँजीपुरमा भेटिएको थियो ।

मदन भण्डारीका शव भेट्टाउने ४ जना युवामध्ये दुईजना श्यामबहादुर थापा मगर साउदी अरबमा र टेकबहादुर आले मलेसियामा बैदेशिक रोजगारीका लागि गएका छन् । हेमबहादुर थापामगर र श्याम ठकुरी भने नेपालमै छन् ।

गाँजीपुरका यी युवा सधैं माछा मार्न भनेर नारायणीमा जाने गर्थे । भर्खरै १५/१६ बर्षका यी युवाहरुको दैनिकी हुन्थ्यो माछा मार्ने । नदीमा माछा मारेर नै उनीहरुले जीविका चलाउँदै आएका थिए ।

डुंगा लिएर माछा मार्न जाने यी युवाहरु सधैं जस्तै जेठ ४ गते विहान पनि माछा मार्न निस्किए । त्यसको नेतृत्व हेमबहादुरले गर्थे । जेठको चर्को घाममा नारायणीमा माछा पनि मार्ने, पौडी पनि खेल्ने उनीहरुको योजना हुन्थ्यो । बिहान करीव ११ बजेतिर माछा मार्ने भन्दै उनीहरु नारायणीमा गए । त्यतिबेला नारायणीमा निकै माछा पाइन्थ्यो । हिजोआज माछा कम पाइन्छन् । पाइए पनि निकुञ्जले मार्न दिँदैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।