९ जुन सिड्नी ।
अष्ट्रेलियामा गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनाबी रन्को चलिरहेको छ । चुनाबको बेलामा मात्र सदस्यता खुलाउने गरेको एनआरएनए अष्ट्रेलियाले सन् २०१९-२०२१ का लागि सदस्यता नामावली प्रकाशन गरेको छ ।
जुलाई ६ मा हुने निर्बाचनमा यस पटक अष्ट्रेलियाका ११ हजार ५ सय ७७ जना गैर आबासीय नेपालीहरुले मतदान गर्न पाउने भएका छन् । गत निर्बाचनमा ८ हजार ४ सयको हाराहारीमा रहेको अष्ट्रेलियाको सदस्यता यस पटक ह्वात्तै बढे पनि आम जनसंख्याका रुपले संतोषजनक भने होईन । अष्ट्रेलियामा करिब १ लाख ८० हजार नेपाली बस्दै आएको अनुमानित तथ्याङकले जनाउछ । यसमा ५० हजार भन्दा बढी नेपाली बिध्यार्थी भिषामा छन् ।केहि बर्ष अघि सम्म बिध्यार्थीले पनि सदस्यता बनेर मतदान गर्ने अधिकार थियो । तर संस्थाको बिधान संसोधनले बिध्यार्थीलाई मतदान बाट बन्चित गरेपछि संस्था प्रति आम बिध्यार्थीको चासो घटेको पाईन्छ । यसो त एनआरएनए प्रति बिध्यार्थी असन्तुष्ट रहेको प्रस्ट बुझ्न सकिन्छ । ५० हजार बिध्यार्थी रहेको देशको एनआरएनएमा ६० जना मात्रै सदस्य हुनुले पनि संस्था र संस्थामा नेतृत्व गर्नेहरु प्रति प्रश्नचिन्ह खडा गरेको छ ।
अष्ट्रेलियामा सर्बाधिक रुपमा एनएसडब्लु राज्य बाट सदस्यता बनेका छन् जहाँ अन्य राज्यमा भन्दा दोब्बर रुपमा नेपालीको बसोबास छ । एनएसडब्लु बाट ४ हजार ६ सय १४ साधारण र आजिबन सदस्य बनेका छन् । भने,२८ जना बिध्यार्थी सदस्य बनेका छन् । गत कार्यकालमा १६ जना मात्रै बिध्यार्थी सदस्य थिए ।यसैगरी भिक्टोरिया बाट १ हजार ९ सय ९९ साधारण र ५ बिध्यार्थी सदस्य छन् ।
एसिटि बाट ७ सय २३ साधारण र १ बिध्यार्थी,एनटि बाट ५ सय २८ साधारण र ३ बिध्यार्थी,क्विसल्याण्ड बाट १ हजार ४ सय ३२ साधारण र १२ बिध्यार्थी,साउथ अष्ट्रेलिया बाट १ हजार ६६ साधारण र ५ बिध्यार्थी,टास बाट २ सय ८ साधारण र १ बिध्यार्थी,वेस्ट अष्ट्रेलिया बाट १ हजार ७ साधारण र ५ बिध्यार्थी सदस्य बनेका छन् । यस मध्ये १७६ जनाको सदस्यता छानबिनको क्रममा छ ।
यस पटकको एनआरएनए अष्ट्रेलियाको चुनाबको अध्यक्षतामा केशब कडेल,दिनेश पोख्रेल र नन्द गुरुङले उमेद्दवारी दिने भएका छन् ।