मोदिलाई बधाई दिनेमा ऋषि धमला,क्यामरा बोकेर पुगे दिल्ली

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणनाले भारत मात्रै होइन छिमेकी मुलुक नेपालमा पनि व्यापक चर्चा पाएको छ। निर्वाचनको मतगणना चलिरहँदा त्यसले विश्वकै ध्यान खिचिरहेको छ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले भारी बहुमतसहित फेरि पनि सरकारको नेतृत्व गर्ने पक्का भएको छ। यसविच भारतीय जनता पार्टीले आज साँझ दिल्लीमा एक विशेष विजय सभाको आयोजना गरि खुशि साटेको छ।

भारतीय लोकसभा निर्वाचनको नतिजा आउँने क्रमसँगै नेपालका चर्चित पत्रकार ऋषि धमला पनि भारत पुगेका छन्। भारतीय जनता पार्टीले कार्यक्रम गरेको स्थानमा धमलालाई देखिए पछि सबै छक्क परेका थिए। नेपालका हटकेट पत्रकार धमला यहाँ कुनै पनि नयाँ इशु आउँदा निकै अगाडि बढिरहेका हुन्छन्।

भारतबाट नै लोकसभा निर्वाचनको ताजा मत परिणामसहित नयाँ नयाँ खबरहरु अपडेट गर्न धमला भारत पुगेको बताइएको छ। भारत बाटै फेसबुक लाइभमा आएका धमलाले भारतको लोकसभा निर्वाचनले नेपाललाई पनि प्रभाव पार्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचण्ड जितको लागी बधाइ दिँदे खुशि साट्न आफु पनि दिल्ली आएको बताए।

भारतीय नेताहरु सँग राम्रै उठबस भएका धमलाले दिल्लीमै रहँदा भारतका उच्च तहका नेताहरुसँग पनि कुरकानी गर्ने बताइएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।