काठमाण्डौ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिकसित मुलुकमा झै छाया सरकार घोषणा गरेको छ । चुनावमा पराजयभएसँगै उसले सरकारको समानान्तर छाया सरकार बनाउने भनेर भन्दै आएको थियो । तर पार्टीभित्रको आन्तरिक कलहका कारण छाया सरकार गठनको काम हुन सकेको थिएन ।
छाँया सरकारका मन्त्रीहरु:
गृह मन्त्रालय : दिलेन्द्रप्रसाद बडू
अर्थ मन्त्रालय : मिनेन्द्र रिजाल
रक्षा मन्त्रालय : भीमसेनदास प्रधान
परराष्ट्र मन्त्रालय : नारायण खड्का
ऊर्जा मन्त्रालय : ज्ञानेन्द्रबहादुर खड्का
शहरी विकास मन्त्रालय : उमाकान्त चौधरी
उद्योग मन्त्रालय : मीन विश्वकर्मा
खेलकुद मन्त्रालय : किशोर सिंह राठौर
शिक्षा मन्त्रालय : गगन थापा
खानेपानी मन्त्रालय : सुजाता परियार
स्वास्थ्य मन्त्रालय : पार्वती डिसी चौधरी
पर्यटन मन्त्रालय : देवेन्द्र कँडेल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय : डिला संग्रौला
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय : बहादुरसिंह लामा
भूमिसुधार मन्त्रालय : लक्ष्मी परियार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय : अतहर कमाल मुसलमान
कृषि मन्त्रालय : पद्मनारायण चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय : उमा रेग्मी
वन तथा वातावरण मन्त्रालय : राजेन्द्र केसी
कानुन तथा संसदीय मामिला मन्त्रालय : राधेश्याम अधिकारी
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : सञ्जयकुमार गौतम