बेईजिङमा उठ्यो ग्रेटर नेपालको मुद्दा

काठमाडौं । नेपालको सीमाना टिष्टादेखि काँकडासम्म हुनुपर्ने भन्दै ग्रेटर नेपालको मुद्दा उठाउँदै आएका प्राध्यापक फणिन्द्र नेपालले चीन राजधानी बेईजिङमा आयोजित अन्तर्राष्ट्रिय समारोहमा ग्रेटर नेपालको मुद्दा उठाएका छन् ।चिनियाँ राष्ट्रपति सि जिन पिङ समेत सहभागी एसियन विसडम टु प्रमोट पोलिटिकल एडभान्समेन्ट नामक अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले ग्रेटर नेपालको मुद्दा उठाउँदै ६० हजार बर्ग किमी नेपाली जमिनमा भारतले शासन गरेको उल्लेख गर्दै सो जमिन तत्काल नेपाललाई फकाउने पक्षमा ऐक्यबद्धता जाहेर गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् ।

अझ रोचक कुरा त, भारतीय प्रतिनिधि १६ देशका प्रतिनिधिहरु समेत सहभागी भएको फोरममा नेपालले ग्रेटर नेपालको मुद्दा उठाउँदै सुगौली सन्धी पछिका सबै जमिन भारतले फिर्ता गर्नुपर्ने धारणा राखेपछि सम्मेलनमै स्तब्ध बन्न पुगेको बेईजिङस्थित सम्मेलनमा सहभागी एक सदस्यले बताए । डिजिटल संवादमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष नेपालले भूगोलन्यूजसँग भने, ‘वर्षौपछि ग्रेटर नेपालको मुद्दाले अन्तर्राष्ट्रिय फोरम प्राप्त गरेको छ, यो राष्ट्रवादी देशभक्त नेपालीहरुको लागि अत्यन्तै खुशी र गौरवको क्षण हो ।’

सो सम्मेलनमा नेपालको सरकारी तहबाट सहभागी बाहेक फणिन्द्र नेपाललाई समेत सहभागी गराइएको थियो । चिनियाँ सरकारी निम्तोमा त्यसतर्फ गएका नेपालले यसअघि संयुक्त राष्ट्रसंघीय महासभा जेनेभामा समेत ग्रेटर नेपालको मुद्दा उठाएका थिए ।

भूगोल न्यूज

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।