सिधा कुरामा टमाटरको बिषय,चौतर्फि रुपमा बन्यो ट्रोल

रवि लामिछानेले आफ्नो चर्चित सो सिधा कुरा जनतासँग’ मा विभिन्न विषयवस्तुलाई उठाउने गर्दछन् । उनले फरक तरिकाबाट कार्यक्रममा प्रस्तुति दिने गरेका छन् । हाल उनले आफ्नो सो मा टमाटरनै ल्याएर तरकारी मुल्यवृद्धिका बारेमा कडा शब्द प्रयोग गरे । उनले मुल्यवृद्धिको मुख्य कारणनै बिचौलिया रहेको बताउँदै कृषि प्रधान देश हेर्दा हेर्दै बिचौलिया प्रदान देश भएको बताए । उनले व्यंग्यात्मक तरिकाबाट अब सेल्फि सेलिब्रेटि वा कलाकारसँग लिने भन्दा पनि टमाटर र सब्जिसँग लिए बढि लाइक र कमेन्ट आउने बताए । मुल्यबृद्धिको विषयमा उनले बोलेपछि समाजिक संजाल फेसबुकमा थुप्रै ट्रोलहरु बनेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।