दिनदहाडै पत्रकार गोली हानी हत्या

एजेन्सी ।

अफगानी टेलिभिजन प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी मिना मंगलको गाेली हानि हत्या गरिएकाे छ । शनिबार दिउँसाे अफगानीस्तानकाे राजधानी काबूलमा गोली हानी हत्या गरिएको हाे ।अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार शनिबार गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा काममा जाँदै गर्दा उनलाई गोली हानिएको बताइएको छ । मिना अफगानिस्तानको संसदको सांस्कृतिक मामला आयोगमा सल्लाहकार समेत थिइन् ।

मिनाकाे हत्या भएपछि अफगानी राजनीतिज्ञ र महिला अधिकारकर्मीले उनको हत्याको सत्यतथ्यबारे छानबीन माग गर्दै अान्दाेलन गरिरेहका छन् भने अब्दुल्लाह अब्दुल्लाहले पत्रकारको हत्यारा जसरी पनि पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका गर्नुभएकाे छ ।अफगानिस्तानको सर्वोच्च अदालत एवं नागरिक समाजले उनको हत्याको गम्भीर अनुसन्धानको माग गरेका छन् । पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ तर उनको हत्याको पछाडि के उद्देश्य हुनसक्छ भनेर पत्ता लाग्न सकेको छैन ।

मिनाले ११ दिन अघिमात्रै आफ्नो फेसबुक पेजमा ज्यान मार्ने धम्की पाएको महिला अधिकारकर्मी वाहज्मा फ्रोगले ट्वीटरमा जानकारी दिइन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।