नेपालको संसदलाई जित्ने भो हङकङ संसदले,संसदमै कुटाकुट

११ मे सिड्नी ।

नेपालको संसदमा बिरलै मात्र सहज तरिकाले बैठक सुरु हुन्छ । हरेक बैठकमा केहि न केहि बाधा र अड्चनका बिच सभामुखले संसद चलाईरहेका हुन्छन् । केहि बर्ष अघि संसदमा ठुलै लफडा भयो । सांसदहरुले फर्निचर समेत तोडफोड गरेका थिए । हालै प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्र्रपतिले बोलेको ‘मेरो सरकार’का बिरुद्दमा ठुलै लफडा देखाएको थियो ।अहिले हङकङको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरी सुपुर्दगी कानुन परिर्वतन गर्न खोजेपछि सांसदहरुले कुटाकुट गरेका हुन् । कुटाकुटमा केहि सांसदहरु घाईते समेत भएका छन् । सरकारी अधिकारीहरु हत्या आरोपित एक जनालाई ताइवान पठाउन कानुन परिर्वतन गर्न लागिएको बताएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।