मोडललाई ब्ल्याकमेल गर्दै डाक्टरले गरे बलात्कार

एजेन्सी । मुम्बैमा एक डाक्टरले ब्ल्याकमेल गर्दै एक माेडललाई पटक पटक बलात्कार गरेकाे घटना सार्बजनीक भएकाे छ । मुम्बै पुलिसका अनुसार चिनजानलाई अधार बनाएर बलात्कार गर्रने डाक्टर पक्राउ परेका छन् ।पुलिसका अनुसार डाक्टरले वर्सोवामा मोडललाई एउटा घर दिएनुका साथैै डाक्टरले मोडलको अकाउन्टमा केही पैसा समेत पठाउने गरेकाे खुलासा भएकाे छ । पीडितको आरोप अनुसार डाक्टरले उनका केही आपत्तिजनक तस्बिर खिचेका थिए । त्यही फोटोको आडमा डाक्टरले आफूलाई ब्ल्याकमेल गर्ने गरेको बताएकी छिन् ।यस्तै पुलिसका अनुसार बलात्कारपछि डाक्टरले पीडितलाई यसबारे कसैलाई पनि नभन्न दबाब दिएका थिए । यसबारे कसैलाई जानकारी दिए तस्बिर भाइरल गरिदिने धम्की डाक्टरले दिने गरेको पिडितले जनाएका छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।