अन्तर्राष्ट्रिय विमानस्थलमा विमान बंगलादेश दुर्घटनामा,१९ यात्रुहरुको उपचार हुदै

एजेन्सी ।

बंगलादेशको राष्ट्रिय ध्वजाबहाक विमान बुधबार राति यङगुन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटाग्रस्त भएको छ। एस२–एजीक्यू बम्बार्डियर ड्यास ८ क्यू ४०० विमान रनवेको घाँसे मैदानमा देखिएको म्यानमार टाइम्सले जनाएको छ।ढाकामा मुख्यालय रहेको विमान बंगलादेश बंगलादेशको राष्ट्रिय ध्वजाबाहक हो। सामाजिक सञ्जालमा विमान रनवेबाट चिप्लिएर बाहिर गएको चर्चा भइरहेको छ। विमानका दुबै पखेटा भाँचिएको देखिएको छ र अग्नी नियन्त्रक घटनास्थल पुगेका छन्।ढाका ट्रिब्युनले भने खराब मौसमका कारण विमान दुर्घटना भएको बताउँदै दुई पाइलटसहित केही यात्रु घाइते भएको जनाएको छ। याङ्गुनका लागि बंगलादेशका राजदूतले विमान अवतरणको क्रममा अगाडिको चक्का टुट्दा दुर्घटना भएको बताएका छन्। उनले दुई जना पाइलटसहित १९ जना यात्रु उपचारका लागि अस्पताल भर्ना भएको जनाएका छन्।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।