अमेरिकाको फ्लोरिडाको बिमान दुर्घटनाको यस्तो छ वास्तविकता

  NTV NPL

काठमाडौ । १४० जना सवार विमान दुर्घटनामा परेको छ । लामो समय देखि दुर्घटनाको मार खेप्दै आएको कम्पनीको विमान फेरि दुर्घटनामा परेको हो । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा यस्तो डरलाग्दो दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।यहाँको जैक्सनविले नेवल विमान स्थलमा बोइङ ७३७ विमान रनवेबाट चिप्लेर नदीमा खसेको बताइएको छ । जानकारी अनुसार विमानमा बसेका सबै यात्रु सुरक्षित रहेका छन् । दुई जनाको अवस्था गम्भीर भएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

विमान अवतरणको क्रममा चिप्लिएको जनाइएको छ । विमान क्यूबा देखि जैक्सनविले पुगेको थियो । यो भन्दा पहिले पनि बोइङका धेरै विमानहरु दुर्घटनामा पर्दै आएका छन् । बोइङ विमानलाई विश्वका धेरै देशले कालो सूचीमा राखेको छ ।

अमेरिकी विमान निर्माता कम्पनी बोइङले ७३७ म्याक्स मोडलका सबै ३७१ विमानको सेवामा रोक लगाएको थियो । इथियोपियन एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी अनुसन्धानमा विमानमा गडबढी देखिएकाले सुरक्षाको विषयलाई लिएर बोइङले सबै विमान तत्कालका लागि रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानसम्बन्धी अनुसन्धानमा पत्ता लगाइएको नायाँ सबुत र स्याटेलाइटबाट प्राप्त नयाँ डाटाको आधारमा विमान ग्राउण्डेड गर्ने निर्णय गरिएको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले बताएको छ । दुर्घटनाको कारण पत्ता लगाउन प्रयास गरिरहेको र यसका लागि अनुसन्धानकर्ताहरुसँग सहकार्य भइरहेको विमान निर्माता कम्पनी बोइङका अध्यक्ष तथा कार्यकारी प्रमुख डेनिस मुइलेनबर्गले बताएका छन् ।

गएको आइतबार आदिसअबाबाबाट केन्याको नैरोवीका लागि उडेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ म्याक्स ८ जहाज टेकअफ गरेको ६ मिनेटमै दुर्घटनामा परेको थियो ।

इन्डोनेसियाको लायन एयरले सञ्चालन गरेको यही मोडेलको विमान गएको वर्ष अक्टोबरमा उड्नासाथ इन्डोनेसियाको जाभा द्वीपमा खसेको थियो । विमानमा सवार सबै १८९ जना यात्रु र चालक दलका सदस्यहरुको घटनास्थलमै ज्यान गएको थियो ।

पाँच महिनाको अन्तरालामा नै एकै मोडलको जहाज दुर्घटनामा परेपछि सुरक्षाको कारण देखाउँदै विभिन्न वायुसेवा कम्पनीले यसअघि नै बोइङ–७३७ म्याक्स ८ विमान उडानमा रोक लगाएका थिए ।

बोइङ विमान चढ्नै डराउन थाले मानिस, के हो कारण ?
केही महिना अघि इथियोपीयन एयरलाइन्सको एक विमान बोइङ ७३७ म्याक्स ८ दुर्घटनाग्रस्त भएर एक नेपाली सहित १५७ यात्रुको मृत्यु भएपछि मानिसहरू बोइङ विमान चढ्नै पनि डराउन थालेका छन् । विमान दुर्घटनाका कारणको अनुसन्धान भइरहेको छ । तर यससँगै बोइङ म्याक्स ८ को सुरक्षामा प्रश्नचिह्न उठेको छ ।

बोइङ म्याक्सको पंखाको डिजाइनका लागि नयाँ प्रविधिको प्रयोग गरिएको छ । यसले इन्धनको खर्च कम गर्छ । यात्रीहरूका लागि यो सुविधानजनक छ । यात्राका बेलामा प्लेन धेरै हल्लिँदैन । विमानमा पाइलटहरूका लागि सुविधाहरू दिइएको छ । बोइङमा नयाँ डिस्प्ले प्रविधि प्रयोग गरिएको छ । पन्ध्र इन्चका ठूला स्क्रीन लगाइएको छ जसले गर्दा पाइलटहरूले सजिलै सूचना पाउँछन् ।

यसमा ठूलो र विशेष इन्जिन छ । इन्जिन वातावरणमैत्री छ अर्थात् आवाज कम हुनुका साथै हानिकारक ग्यासको उत्सर्जन पनि कम गर्छ । तर बोइङको समस्याको कुरा गर्दा यसको इन्जिन र सफ्टवेयरमा समस्या देखिएको छ र पाइलटहरूमा प्रशिक्षणको अभाव पनि छ ।

इन्जिनमा समस्याका कारण विमानको गति आफैं घट्ने गर्छ र विमानै बन्द हुन्छ । यो समस्या हल गर्नका लागि बोइङले एमसीएएस नामक सफ्टवेयर लगाएको छ । तर सफ्टवेयरमा पनि समस्या छ र यसले घरिघरि गलत निर्देशन दिने गरेको छ
संसारमा केही मात्र पाइलटलाई बी७३७ म्याक्सको सिम्युलेटर प्रशिक्षण दिइएको छ ।
इथियोपीयन एयरलाइन्सको दुर्घटनाग्रस्त विमान बोइङ ७३७ म्याक्स ८ हो र यो मे २०१७ पति व्यावसायिक रूपमा उपयोग गरिन थालेको हो । विगतका केही वर्षमा यस्ता विमान लगातार दुर्घटनाग्रस्त भएपछि १९ देशले यसमा प्रतिबन्ध लगाएका छन् ।

एजेन्सी

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।