५ मे सिड्नी ।
अष्ट्रेलिया यस्तो देश हो कि जहाँ नेपालीहरुले धेरैले राम्रा काम गरेर प्रशंसा कमाईरहेका छन् । भने,केहिले नराम्रो काम गरेर राम्रा कामको प्रसंसालाई समेत धमिलो बनाउने काम गर्ने गरेका छन् । पछिल्ला समयमा सिड्नीमा नेपाली समुदायका बिच यस्तै किसिमका समचार बढी आईरहेका छन् । स्थानीय मिडियामा राम्रा काम गरेको खबर भन्दा नेपालीले नराम्रो काम गरेको भन्ने खबर नै बिदेशी मिडियामा हाईलाईटेड हुने गरेका छन् । अष्ट्रेलियाको मुख्य राजनितिमा समेत नेपाली युबाहरुको सक्रियता बढ्दै गरेको बेला नेपाली समुदायका ब्यक्तिहरु बाट गलत काम हुनुले नेपालीको छबिलाई धमिल्याउने काम गरेको छ ।
यसै क्रममा सन् २०१७मा अमेरिकाबाट अष्ट्रेलिया घुम्न आएको एक नेपाली युवालाई बलात्कारको अभियोगमा एनएसडब्लु प्रहरीले पक्राउ गरेको छ । एक २१ वर्षीय युवतीलाई सोहि समयमा सिड्नी घुम्न आएका बेला उक्त युवकले ईच्छा विपरित शारीरिक सम्पर्क गरेको खबर सार्बजनिक भएको छ । यसको लगत्तै भोलिपल्ट उनी अमेरिका उडेका थिए ।
युबतीले आफुलाई छोडेर गएको थाहा पाएपछि सोहि दिन अर्थात् घटना घटेको भोलीपल्टनै युवतीले एनएसडब्लु प्रहरीमा उजुरी दर्ता गरेकी थिईन् र सोहि उजुरीका आधारमा एनएसडब्लु प्रहरीले आरोपित नेपाली युवकलाई सुपुर्दगीका लागि अमेरिकी प्रहरी समक्ष आग्रह गरेको थियो । सोही आधारमा अमेरिकी प्रहरीले युबकलाई लस एन्जलिसमा पक्राउ गरी सिड्नी पठाइएको बुझिएको छ ।
बुझिए अनुसार निजको जमानत अस्वीकार गरिएको छ भने पारामाट्टा अदालतमा पेश गरिने भएको छ । ति युवतीसँग सन् २०१७ मा नेपालीहरुको बाहुल्यता रहेको रकडेल,कोग्रा संगैको कार्लटनको युनिटमा बसेका थिए ।
युबतीका अनुसार आफ्नो ईच्छाविपरित यौन सम्पर्क गरेको दाबी छ । तर,यस बारे अदालतको फैसला कहिले हुन्छ भन्ने बिषयमा जानकारी प्राप्त भईसकेको छैन ।