बिहे गरेर अष्ट्रेलिया गएका श्रीमतीलाई यस्तो हैरान

काठमाण्डौ ।

के गर्ने भाई पाँच दिन बुढा बुढीको राम्रोसँग मुख पनि देखिन्न बुढा बिहानको काम गर्छन आफ्नो रातीको सिफ्ट परेको छ। विकेन्ड त छुट्टी छ यसो बुढा बुढीसँगै बसौ न भन्यो अहँ बुढोको कहिलै फुर्सद भएन । फलानो पार्कमा मिटीङ छ भन्या छ, फलानो ठाउँमा गाला हो कि चड्कन हो डिनर छ भन्या छ दौडिएको छ। फलानो गायक आउने भन्या छ दौडिएकै छ, आकस्मिक बैठक भन्या छ दौडिएकै छ।फलानो समाजको बार्बेक्यु भन्या छ पुगेकै छ। तातो न भुत्लो “सुको” घरमा आउने होईन समाजसेवा हो भन्या छ कुदेको छ। सामाजिक सन्जालमा फोटो हालेको छ। खै कस्तो दिनमा आईएछ जस्तो लाग्छ यो बिदेश पनि। नेपालमा हुँदा त खासै चासो देखाउँदैन थिए। काम घर गर्थे।

बुढो यो हप्ता त कतै घुम्न जाउँ न काम काम गर्दा गर्दा वाक्क लाग्यो भनेर भनेको झन्डै डाकोले खाएनन्। कहाँ यो हप्ता त झन घुम्न जाने रे। यो हप्ता त जति सकेको सदस्य धेरै बनाउन पर्छ नत्र पुरै समाजबाट बहिस्कार भई हालिन्छ नि रे। मेरो कोटामा कम्तीमा पचास जनालाई सदस्य बनाउने परेको छ। फेरी पद फुस्कि हाल्छ नि। फेरी सँस्थामा मेरो कत्रो साहन छ।

भन्दै थिईन् अस्ती एउटा कार्यक्रममा गएको। बुढा बुढी कती पछि सँगै गएको रमाईलो हुने भयो आज भन्दै। बुढा कता गायब भए केही मेसो पाईएन। साथीसँग हाई हेल्लो गरेर आउछन् होला भन्यो अँह घण्टा बित्यो आएनन्। भरे बुझ्दा त मिटीङमा पो रे।मिल्ने भा त्यहि कठालो समाउ जस्तो भा को थियो तर के गर्नु सहेर बसे नि।

फेरी जोडीन् भन्दा भने जस्तो हुन्छ कि मेरो बर्थडे थियो। सँधै त सर्प्राईज दिन्थे। यसपाली पनि त्यहि आश गरे। बार्ह बजे त मलाई व्ईस् गर्छन होला भनेर सुत्या जस्तो गरे। एक त ढिला आए। किन ढिला भनेर सोधेको साथीहरुले बार्बेक्यु पाटी गरेका रहेछन्। आउँदिन भन्न सकिन, फेरी पछी चाहिने तिनै हुन्। हो त हो भनेर नजानीदो पाराले अर्कातिर सुतेको जस्तो गरे। विस् गर्लान भन्दै बोरु आफै खाएर ठिस् भएका रहेछन्। उठेर गर्लान भनेको फोनमा बोल्दै बाई पनि नभनी काममा मुन्टे।अस्ती एउटा भेलामा एकजना दाईले भन्दै थिए। बुढीले कसमनै खुवाएकी छिन्। अब यो नै अन्तीम कार्यक्रम हो तिमी जाने। खुरुक्क छुट्टी भएको दिन त घरनै बस्ने हो। तिम्रो समाजसेवाले केही लछारपाटो लाउँदैन। काम न गरी घरको मोर्गेज तिर्न सकिन्न। हैन बुढा दिन रात नभनी मरिहत्ते गर्छौ। कति चाँही कमाएर ल्यायौ हौ बुढा भनेर सोध्दा अक्क न बक्क परे रे। नाम कमाएनी बुढी। सबैले जदौ गर्छन् देखेनौ कमाएको। ए तेसो भए घरको ऋण नि पनि त्यहि जदौलाई तिर्दै भन न त भनेर झण्डै मारिन्।

हो यहि स्थिती छ आझ धेरै समाजसेवीहरुको अस्ट्रेलीयामा। ताई न तुईको राजनिती अनि चुनाब, मिटीङ, भेला र गोष्ठीले हैरान भएका छन् धेरै समाजसेवीका श्रीमतीहरु। नपत्याए सोध्नु होस् त एकचोटी ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।