खगेन्द्र संग्रौलाको ब्यंग !राष्ट्रपति भण्डारीलाई किन महारानी घोषित नगर्ने ?

  NTV NPL

काठमाडौं ।

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनि गरिएको चर्चित लेखक खगेन्द्र संग्रौलाले कडा शैलीमा  ब्यंग गर्दै उनलाई महारानी किन घोषित नगर्ने भनेर सामाजिक संजालमा प्रतिप्रश्न समेत गरेका छन् । राष्ट्रपतिको सम्बोधनबाट राजतन्त्रकालको झल्को आएको उनको टिप्पणी छ ।रा ष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा नेपाल सरकारको ठाउँमा मेरो सरकार भनेपछि त्यसको सर्वत्र आलोचना हुन थालेको छ ।

खग्रेन्द्रले लेखेका छन्, बल्ल आयो पारा पहिले श्री ५ को सरकार छँदा राजा मेरो सरकार भन्थे। अहिले नीति तथा कार्यक्रम पढ्दा राष्ट्रपति विद्याले प्वाक्क मेरो सरकार भनिन्। भनेसि प्रम ओली विद्या सरकारका प्रजा भएछन्। म त भन्छु तै तै विद्यालाई महारानी घोषित किन नगर्ने माग्नु छ मोही, ढुंग्रो किन लुकाउने भन्दै ब्यंग्य गरेका छन् ।

अघल्लो बर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा यो सरकार र नेपाल सरकार भनिएको थियो। त्यस्तै पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि नेपाल सरकार भन्ने गर्दथे । कांग्रेसले पनि मेरो सरकार भनेको भन्दै चर्को आलोचना गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रमको नितिमा राष्ट्रपतिको २१ पटक ‘मेरो सरकार’ चौतर्फी ब्यङ्ग्य सुरु, राजतन्त्रको झल्को !

नेपाली पानीजहाजमा छिट्टै यात्रा गर्न पाइन्छः राष्ट्रपति

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस्

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।