थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विहे

बैंकक ।

थाइल्याण्डका राजा महा वजिरालंगकर्णले आफ्नै अंगरक्षकसँग बिहे गरेका छन् । थाई नरेश वजिरालंगकर्णले आफ्नो राज्या भिषेक हुनुभन्दा अगाडी नै आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गरेका हुन् । ६६ बर्षीय नरेशले ४० बर्षीया महिलासँग तेस्रो विहे गरेपछि उनलाई रानी सुथिडा नाम दिइएको छ । नरेश महा वजिरालंगकर्णको शनिबार राज्याभिषेक हुँदैछ । राज्याभिषेक अगावै रानीको मान्यता दिन उनले विवाह गरेको बताइएको छ । विवाह समारोहको दृश्य थाई टेलिभिजनले बुधबार बेलुका देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।६६ वर्षीय राजा वजिरालंगकर्ण सन् २०१६ मा पिता राजा भूमिवोल अदुल्यादेजको निधनपछि राजा भएका थिए ।अहिले विहे गरेकी महिला भने वजिरालंगकर्ण युवराज छँदै सन् २०१४ मा अंगरक्षकको टिममा प्रवेश गरेकी थिइन् । सुथिदाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समयसम्म काम गरेकी छन् । शाही सुरक्षामा जोडिनु अघि उनी थाई एयरलाइन्समा परिचारिका थिइन् । उनीहरुबीच प्रेम रहेका पनि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका थिए । थाईल्याण्डमा राजपरिवारका सदस्यबारे प्रेसमा वा सार्वजनिक रुपमा टिप्पणी गरिँदैन ।

राजा वजिरालंगकर्णको यसअघि तीन जनासँग विवाह भएपनि तीनै जनासँग सम्बन्ध बिच्छेद भैसकेको छ । थाई नरेशले तेस्री श्रीमतीसँग पाँच बर्षअघि १३ बर्ष लामो वैवाहिक सम्बन्धलाई विच्छेद गरेका थिए । पहिलेका तीन विवाहबाट थाई नरेशका सात सन्तान छन् । एजेन्सी

भिडियोका लागि तल क्लिक गर्नुहोस्

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।