नबिल बैंकको खातामा एक्कासी २३ अर्ब २५ करोड आएपछि भयो तनाब

बैशाख १८ । डा. सन्तोष नेपाल मंगलबार करिब पाँच घन्टा तनावमा परे । उनी तनावमा पर्नुको कारण थियो, एक्कासि नबिल बैंकको आफ्नो खातामा आएको २३ अर्ब ७५ करोड रुपैयाँ ।नेपालको खातामा कसैले पैसा जम्मा गरेर २३ अर्ब ७५ करोड आएको थिएन । न उनको खातामा विदेशबाट पैसा आएको थियो । नबिल बैंकको सिस्टममा भएको खराबीका कारण उनको खातामा २३ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको देखिएको थियो ।

खातामा २३ अर्ब ७५ करोड रुपैयाँ देखिएपछि उनले बैंकमा फोन गरे । उनले बैंकका कर्मचारीलाई भने, ‘मलाई बैंकको अर्ब पैसा चाहिँदैन, मेरो खातामा भएको केही हजार फिर्ता देऊ ।’ नेपाल र नबिल बैंकका कर्मचारीबीच करिब पाँच घन्टा रोचक घोचक सवाल जवाफ चलेको थियो ।

कर्मचारीले नेपाललाई तपाईको खातामा विदेशबाट पैसा आएको होला भन्ने जवाफ फर्काए । तर, नेपालले आफ्नो खातामा कसैले पैसा नपठाएको भन्दै प्रतिवाद गरिरहे । केही समयको छलफलपछि उनको खातामा आएको रकम अन्यत्र ट्रान्सफर गरिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।