अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई मात्रै कडाई,पर्यटक बाट बिध्यार्थी बन्नेलाई असहज

२९ अप्रिल सिड्नी ।

अष्ट्रेलियामा अध्ययन गर्न आउने बिध्यार्थीको तथ्याङकमा नेपाल तेस्रो ठुलो मुलुक बनेको छ । सानो देश सानै जनसंख्या सानै प्रतिब्यक्ति आयस्रोत रहेको देशका बिध्यार्थीहरु भने ठुला बिकसित देशका भन्दा कम नभएपछि अष्ट्रेलियन सरकारको नजरमा नेपाली बिध्यार्थी परेका हुन् । देशको कुल जनसंख्याको अनुपातमा अस्वभाविक रुपमा नेपाली बिध्यार्थीहरु अष्ट्रेलिया आउने क्रमले ब्यापकता पाउन थालेपछि अष्ट्रेलियाका साना कलेजहरुमा आउने बिध्यार्थी माथि कडाई गरेको छ । ठुला युनिभर्सिटीमा ट्युसन फि महंगो हुनाले अधिकांस नेपाली बिध्यार्थीको रोजाई भेट अर्थात् भोकेस्नल एजुकेशन एण्ड ट्रेनिङ सेन्टरमा पढ्न आउछन् । यस्तै भिजिट भिषामा आएर बिध्यार्थी बन्ने गरेकाले पनि भेट कलेजमा अध्ययन गर्नका लागि कडाई गरेको हो ।

भेट कलेजमा अध्ययन गर्न नेपाल बाट होस या त अष्ट्रेलिया छिरिसकेका सबैका लागि आईएलटिएस्मा न्युनतम ५ चाहिने भएको छ । भने अध्ययन गर्न सक्ने पर्याप्त बैंकिङ पेपर देखाउनु पर्नेछ । यस कडाईले नेपाल बाट अष्ट्रेलिया आउने नयाँ बिध्यार्थीलाई भन्दा बढी अष्ट्रेलिया पर्यटक भिषामा आएर बिध्यार्थी बन्नेका लागि असहज देखिन्छ । यो कडाई मे १ देखि लागु हुने जनाईएको छ ।

यस्तै मे १ अघि बिध्यार्थी भिषाका लागि निबेदन दिएकाहरुका लागि पनि यो नियम लागु हुने भएको छ । पुराना निबेदकहरुलाई आर्थिक र अंग्रेजी दक्षताको विवरण उपलब्ध गराउनका लागि आग्रह गरिने र यस्तो आग्रह गर्दाका समयमा भिसा लाग्ने समय बढ्नसक्ने चेतावनी पनि दिएको छ । नियमित समयमा नै भिसाका लागि आवश्यक सबै कागजपत्र आवेदनसँगै उपलब्ध गराउन पनि भिसा डिपार्टमेन्टले आग्रह गरेको छ ।

यस नियमले महंगो मुल्य लिएर पर्यटक भिषामा अष्ट्रेलिया ल्याएर बिध्यार्थी बनाउने एजेन्ट र कन्सलटेन्सीहरुलाई ठुलै प्रभाब पार्ने देखिन्छ र यस कडाई नेपाली बिध्यार्थीका लागि मात्र गरिएको एजुकेसन कन्सुलेट प्रजापती शिवाकोटी बताउछन् ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।