अष्ट्रेलियामा हुण्डीको नाममा ठगी धन्दा,नगरौ हुण्डी कारोबार

२५ अप्रिल सिड्नी ।

अष्ट्रेलियामा पैसा कमाउन नेपाल बाट देखे जस्तो र सोचे जस्तो कदापी छैन । यहाँको काम र अध्ययनकै तनाब र पिडा भुलाउनका लागि चिल्लो गाडी र ठुला ठुला भबन,समुन्द्रलाई पृष्ठभुमी पारेर तस्विर खिचिन्छ । त्यही तस्विरका आधारमा नेपालमा वाह ! फलानोको लाईफ भनिन्छ,डलर रूखमा नै फल्छ जस्तो गरिन्छ । तर,देखेको र सोचेको जस्तो छैन अष्ट्रेलियाको जिवन । सबैको केही न केही समस्याका बाबजुद बलबुताले दुखका साथ कमाएको पैसा परिवारलाई पठाउने चाहना सबैको हुन्छ र १,२ डलर बढी आउने लोभले गर्दा हुण्डी गरिन्छ ।त्यही हुण्डीले ठग्दा कतिको जिवन बर्बाद समेत भएको छ । अष्ट्रेलियामा अबैध धन्दा मानिने नेपाली हुण्डीबाला बाट नेपाली बिध्यार्थीहरु नै बढी ठगिने गरेका छन् ।

बेला बेलामा सामाजिक संजालमा हुण्डीबाट ठगिएका पोष्टहरु आईरहेका हुन्छन् । यसै बिच बेला बखत राष्ट्रिय मिडियाहरुमा समचार समेत आईरहेका हुन्छन् तर पनि १,२ डलरको लोभमा हुण्डी गर्न छोडिएको छैन ।

यसै बिच अहिले सामाजिक संजाल फेसबुकमा पशुपति रेमिटेन्स नामको फेसबुक मार्फत गरिएको सम्पर्कले नै ठगिएको खबर सार्बजनिक भएको छ । सार्बजनिक च्याट अनुसार पनि पैसा पठाउने संग लिएको रकम लिने ब्यक्तिले ग्याम्बलिङमा सकेको लेखिएको छ । च्याटकै क्रममा ठगि गर्ने ब्यक्तिले आफुले १ लाख ५० हजार डलर खेलमा सकेको बताउदै आफुले आत्महत्या गर्ने योजना बनाएको पनि प्रष्ट लेखेका छन् । यो पैसा पचाउनका लागि ठग्नेले लेखे या त वास्तविकता हो त्यो उनलाई नै थाहा होला । तथापी  पैसा लिएर नेपालमा पैसा नहाल्दिनु र सामाजिक संजालमा यस किसिमको प्रतिकृया आउनु आफैमा ठगी हो ।

अष्ट्रेलियामा पछिल्लो समय हुण्डी कारोबार केहि हद सम्म कम हुदै आएको मथर हुदै आए पनि ठगि गर्ने क्रम भने रोकिएको छैन । हुण्डीको ठगी धन्दा बाट बच्नका लागि नेपाल पैसा पठाउदा बैंक नै प्रयोग गर्नु पर्ने जानकार बताउछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।