श्रीलंकामा नरसंहार मच्चाउने यी हुन् आईएस आतंकवादी,न्युजील्याण्डको बदलाको संकेत

एजेन्सी । श्रीलंकामा ३२१ जनाको ज्यान जाने गरी भएका श्रृंखलावद्ध बम विष्फोटको जिम्मा अन्तर्राष्ट्रिय आतंकवादी संगठन स्लामिक स्टेट (आईएसआईएस)ले लिएको छ ।आईएसले मंगलबार आत्मघाति आक्रमणमा सहभागी भएका ८ जना आतंकवादीको तस्वीर पनि सार्वजनिक गरेको छ ।

श्रीलंका विभिन्न ३ चर्च, ३ होटल तथा २ अन्य स्थानमा एक घण्टा भित्र ८ वटा शक्तिसाली बम विष्फोट भएका थिए ।

ती विष्फोटपछि श्रीलंकाको अवस्था निकै त्रसित बनेको छ । आइतबार भएको ती आत्मघाति बम आक्रमणको जिम्मा मंगलबार आईएसले लिएको रोयर्टसले जनाएको छ ।

समाचारअनुसार आईएसले श्रीलंकामा आत्मघाति आक्रमणको जिम्मा लिएको केही समयपछि मंगलबारै ती आतंकवादीको तस्वीर सार्वजनिक गरेको हो । श्रीलंका सरकारले यो आक्रमणमा संलग्न रहेको आशंकामा ३८ जनालाई पक्राउ गरेको छ । श्रीलंकमा आपतकालीन व्यवस्था लागु गरिएको छ

आईएसले आफनो समाचार एजेन्सी अमाकको माध्यमबाट श्रीलंकामा भएको बिस्फोट आफुहरुले गराएको स्वीकार गरेको छ । हालसम्म सरकारले उक्त हमलामा स्थानीय मुस्लिम संगठन नेशनल तोहिद जमात (एनटीजे) ले गरेको हुन सक्ने पनि आशंका गरेको थियो भने उनीहरुको शंका आईएसमाथि पनि थियो तर अन्तत : उक्त घटनाको जिम्मेवारी आईएसले लिएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

साथै यो घटना न्युजिल्याण्डकै बदलाका रुपमा लिएको हुन सक्ने प्रारम्भिक अनुमान समेत गर्न थालिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।