नेपाली फिल्मका लागि दुखःद् खबरःअष्ट्रेलियामा अब चार शो मात्रै,कसरी उठ्छ ५० लाख ?

१८ अप्रिल सिड्नी ।
पछिल्लो समय अष्ट्रेलियालाई नेपाली चलचित्रका लागि दोस्रो ठुलो बजारका रुपमा हेर्न थालिएको छ । केहि समय नेपाली चलचित्रले अष्ट्रेलिया बाट गतिलै पैसा कमाउन सफल पनि बनेका थिए तर अबस्था फेरिएको छ ।केहि बर्ष अघि देखि अष्ट्रेलियामा राम्रा नेपाली चलचित्रले उत्कृष्ट ब्यापार गरे भने स्थानीय आयोजक र फिल्मका दलालीहरुले पनि राम्रो कमाई गरेका थिए । जस्का कारण राम्रा चलचित्रको अष्ट्रेलियाको कन्ट्री राईट ३० लाख सम्म पुग्न सफल थिए । तर,केहि फिल्मका निर्माता र स्थानीय आयोजकको प्रपोकाण्डमा १० मा किनेर २० भन्न थालिएको थियो भने हिजो आज अष्ट्रेलियामा ४५ र ५० लाख सम्ममा फिल्म बिक्यो भन्ने समचार आउन थालेका छन् ।तर,समचारकै भरमा रमाएर भजन किर्तन गर्न भन्दा समचारमा आए अनुसारका रकम निर्माताको हात सम्म पुगेको छ की छैन सुधार गर्नु पक्ष के छ भनेर सोचे नेपाली चलचित्रको स्तरमा भलाई हुने थियो । ४५,५० लाखको बिषयमा भने समचारमा आउने रकम र निर्माताले पाउने रकम बिल्कुले फरक हुने गरेको जानकारहरु बताउछन् ।

अष्ट्रेलियामा नेपाली चलचित्रको बजार बिस्तार हुदै गर्दा अष्ट्रेलियाका सिनेमा घर संचालकहरुले भने यसलाई कानुनको परिधिमा ल्याउने भएका छन् । लामो समय अघि देखि अष्ट्रेलियामा कुनै पनि ओभरसिज फिल्म ४ सो भन्दा बढी गर्न नपाउने र ट्याक्सका कुरा थिए । जुन कुरा बास्तविकतामा लागु भईरहेको थिएन र राम्रा फिल्महरुले दर्शक पाउदा सम्म १८ औ शो सम्म पनि फिल्म लागेको थियो । जस्ले गर्दा नेपाली चलचित्रका निर्मातालाई केहि राहत पुगेकै हो ।

ओभरसिजका सिनेमाको शो कै बिषयमा अष्ट्रेलियाको कुनै पनि सिनेमा घरमा ४ शो भन्दा बढी चलाउन नपाउने भन्दै सिनेमा घरले सार्बजनिक रुपमा नै सुचना जारी गरे पछि नेपाली चलचित्रको फस्टाउदै गरेको बजार सुस्ताउने निश्चत छ ।

अष्ट्रेलिया भनेपछि हुरुक्कै हुने,अष्ट्रेलियामा जति डिमान्ड गरे पनि आयोजकले दिने अष्ट्रेलियामा रुख बाटै डलर टिपेर ‍दिने गर्छन् भन्ने किसिमको मानसिकता भएका निर्माता र बितरकलाई भने यस नियमले ठुलै तनाब दिने देखिन्छ ।

सिनेमा घरले जारी गरेको सुचना !

अष्ट्रेलियामा हरेक साता नेपाली चलित्रको शो हुदै आईरहेका छन् । यहाँका सिनेमा घरको यो नियम अनुसार स्थानीय आयोजक र नेपालका निर्माता दुबैलाई नोक्सान हुने निश्चित छ । चार शोमा सिमित रहनु पर्ने अबस्था रहने हो भने नेपाली चलचित्रलाई अब १० लाख दिन पनि कठिन देखिन्छ ।अष्ट्रेलियामा हिन्दी सिनेमा नियमित प्रदर्सन हुन्छ र १२ डलरमा टिकट पाईन्छ भने नेपाली सिनेमाको २५ डलर पर्छ किनकी सिनेमा घर भाडामा लिनेलाई नै सिनेमा घरले प्रति सिट १२ डलर र ट्याक्स तिराउछ । त्यस्मा पनि १०० या ५० सिट मात्र लिन्छु भन्न पाईदैन हलको पुरै सिटको पैसा तिर्नु पर्ने हुन्छ सामान्यतया एक शो गर्दा सिनेमा घरमा १८०० डलर खर्च आउछ (अन्य खर्च बाहेक) । जस्को कारण नेपाली सिनेमाको टिकट २५ डलर पर्छ । टिकट बाट ३००० को हाराहारीमा आम्दानी हुन्छ । सरसर्ती हेर्दा महंगो मुल्यमा फिल्म किनेर अष्ट्रेलियामा फिल्म शो गर्नु फलामको चिउरा चपाउनु सरह नै छ । यद्दपी निर्माताहरु र बितरकहरुले भने अष्ट्रेलियालाई नै बढी चेपेको देखिन्छ ।

अब चार शो भन्दा बढी चलाउन नपाईने हो भने अष्ट्रेलियामा नेपाली बजार कसरी अघी बढ्न सक्ला बहसको बिषय बनेको छ ।

अष्ट्रेलियामा दाल भात तरकारी,कागजपत्र,साईली लगायतका सिनेमा शो हुने तयारीमा छन् । अब यि सिनेमाहरु कति शो लाग्छन् कति पैसा कमाउछन् बहसको बिषय बन्न सक्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।