काठमाण्डौ ।
विप्लव नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठकलाई सरकारले प्रवल जनसेवा श्री पदकबाट सम्मानित गरेको छ ।बैशाख १ गते राष्ट्रपति भवन सितलनिवासमा आयोजीत विशेष समारोह विच राष्ट्रपतिविधादेवी भण्डारीले पाठकलाई उक्त पदकबाट विभुषित गरेकी हुन् ।
सरकारले विप्लव नेकपाको गतिविधी माथि प्रतिवन्ध लगाएको छ । शिक्षक संगठनकै कतिपय जिल्ला अध्यक्षहरुलाई प्रहरीले पक्राउ गरिरहेको अवस्थामा सोही संगठनका केन्द्रिय अध्यक्ष भने सरकारको उच्च सम्मान प्राप्त गर्न सफल भएका छन् ।
यसबारेमा पाठक सँग कुराकानी गर्दा आफ्नो सँगठन कुनै राजनितिक दलसँग नजिक भन्दा पनि पेसागत सँगठन भएको तर बुझ्नेले विप्लवको संगठन भनेर बुझ्ने गरेको स्विकार गरे । राम्रो विचारधारा जसको भएपनि आफुले स्वागत गर्ने पाठकले बताए ।