अष्ट्रेलियामा कामको संकट पर्न सक्ने संकेत

अप्रिल १५,सिड्नी ।

अष्ट्रेलियामा पछिल्लो समय कामको खडेरी लाग्न थालेको छ । नयाँ काम सुरु गर्नाका लागि सहज रुपमा काम पाउन सकिदैन । यस्तै आफ्नो योग्यता अनुसार पनि काम पाउन निकै असहज छ । यसै कारण पनि आउने दिनमा अष्ट्रेलियामा रोजगारी कटौती हुदै जाने निश्चित छ ।अष्ट्रेलिया श्रमिकहरूले पाउँदै आएको पारिश्रमिकमा तत्काल वृद्धी गर्न दबाब परेपछी अष्ट्रेलियाका ब्यवसायीहरू प्रभावित हुने संकेत देखिएको छ । तलव बृद्दिका कारण अष्ट्रेलियाका केही क्षेत्रमा रहेका ब्यवसायीहरूले रोजगारी कटौती गर्न सक्ने अनुमान गरिएको छ ।

अष्ट्रेलियाका व्यवसायीहरुलाई श्रमिकको न्यूनतम तलब ६ प्रतिशतले बढाउन दबाब परेको छ । यदि न्यूनतम तलबमा वृद्धि गर्नुपरे केहीले रोजगारी गुमाउन सक्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

फेयर वर्क कमिसनले श्रमिकहरुको न्यूनतम तलबमा पुनर्विचार गर्ने निर्णयको प्रतिक्रिया स्वरुप अष्ट्रेलियन औद्योगिक समूहले यस्तो चेतावनी दिएको हो । व्यवसायीहरुले यो वर्ष श्रमिकको तलबमा २ प्रतिशतभन्दा बढी वृद्धि गर्न नसकिने स्पष्ट पारेका छन् ।

अहिले औद्योगिक क्षेत्रमा चलिरहेको मन्दिका कारण साप्ताहिक १४ डलरभन्दा बढी तलब बढाउन नसकिने उनीहरुको अडान छ । तर अष्ट्रेलियन ट्रेड युनियन काउन्सिलले भने कम्तीमा ६ प्रतिशत अर्थात हप्ताको ४३ डलर तलब बढाउन माग गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।