अष्ट्रेलियामा हुन सकेन ‘फिल्म अवार्ड’

७ अप्रिल सिड्नी ।
आईतबार अर्थात् आज  हुने भनिएको ११औ नेश्नल फिल्म फेयर अवार्ड रद्द भएको छ । यो अवार्ड हर्षभिलको मरना अडिटरियनमा हुने भनि प्रचार गरिएको थियो ।चलचित्र पत्रकार समेत रहेका आरके (रामबहादुर) सुबेदीको ब्यक्तिगत कम्पनीको रुपमा रहेको बक्स अफिस नेपालको आयोजनामा सिड्नीको बिएमड्ब्लु कन्सलटेन्सी र ईभेन्टले आयोजना गर्ने अवार्ड कार्यक्रम रद्द भए पनि एक अनलाईनमा अझै पनि अनलाईन टिकट राखीएको छ । यस्को मतलब कार्यक्रम रद्द भईसक्यो तर टिकट अझै बेचिदैछ भन्ने कुरा प्रस्ट हुन्छ ।अष्ट्रेलियामा अहिले सम्म कुनै नेपाली फिल्म अवार्ड आयोजना हुने सकेको छैन । तर,सुबेदी र स्थानीय आयोजकको कोसिस देख्दा नेपाली समुदाय खुसी नै देखीन्थे । अवार्डको पुर्ब सन्ध्यामा प्रचार सामाग्री कतै नदेखेपछि नेपाली टिभिले आयोजकका प्रमुख मणि सिल्वाललाई सम्पर्क गर्दा अबार्ड कार्यक्रम रद्द भएको जानकारी दिए ।

एक अनलाईनमा अझै पनि टिकट बिक्री गरिदैको एक उदाहरण ।

सिल्वालका अनुसार काम गर्न निकै असहज भएको,नेपालको आयोकले अनाबश्यक रुपमा मान्छे हाल्न खोजेको लगायतका कुराहरुले गर्दा रद्द गर्न परेको बताए । उता नेपालमा भने आयोजक सुबेदीले मोटो रकम लिदै अष्ट्रेलिया मान्छे छिराउन लागेको हल्ला समेत चलेको थियो ।

टिकट राखिएको अनलाईमा ईभेन्ट बारे राखिएको जानकारी ।

एवार्डका लागी नेपालवाट झण्डैं ८० जना चलचित्रकर्मीको उपस्थिती रहने बताईएको थियो । भने,वरिष्ठ निर्देशक तुलसी घिमिरेको संयोजकत्वमा ९ सदस्य निर्णायक समितिले विभिन्न ३२ विधामा एवार्ड बितरण गर्ने भन्दै प्रचार गरेर अबार्ड गर्न नसक्नुले बरिष्ट चलचित्रकर्मीहरुको ईज्जतमै आच आएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।