बिबादमा मिस नेपाल,मेक–अप नगरी आएको भन्दै होच्याइयो प्रतियोगीलाई (भिडियाे)

काठमाडाैं – मिस नेपाल अडिसन २०१९ को पहिलो चरणको अडिसनको एक भिडियो अहिले भाईरल भएको छ जस्ले मिस नेपाललाई बिबादमा तान्ने निश्चित देखिन्छ । केहि घण्टा अघि सार्बजनिक भएको  मिस नेपालको जर्नीको काठमाण्डौ अडिसनको भिडियोमा एक प्रतियोगीलाई अडिसनको निर्णायक रचना गुरुङले खिल्ली उडाएकी छिन् ।उक्त भिडियो सार्बजनिक भए देखि नै निर्णायक गुरुङको चौतर्फी आलोचना सुरु भएको छ भने मिस नेपालको ब्राण्ड माथि नै प्रश्न चिन्ह खडा गर्न थालिएको छ ।

भिडियोमा निर्णायक मण्डलकी सदस्य  गुरुङले ‘दुव्र्यवहार’ गरेको समेत देखिन्छ। कोरियोग्राफर तथा मिस नेपाल प्रशिक्षक गुरुङले प्रतियोगीमाथि मेकअप नगरेको र तयारी नगरी आएको आरोप लगाउँदै कटाक्ष गरेकी छन्।

अडिसनमा गुरुङले प्रतिस्पर्धी भएर आउँदा किन मेकअप नगरेको भन्दै भद्दा प्रस्न तेस्र्याएकी छन्। जवाफमा प्रतियोगीले भनेकी छन्। ‘कसरी मेकअप गर्ने ? थाहै भएन।’

प्रतियोगीले मेकअप गरेर आउनुपर्ने पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले बताइन्। ‘तपाईं इन्टरभ्यु दिन जाँदा सफा सुग्घर र नयाँ कपडा लगाएर जानुपर्छ। मिस नेपाल पनि त्यस्तै हो,’ उनले भनिन्।

यसै बिच केहिले भने ‘प्रतियोगीले राम्रोसँग तयार भएर आउनुपर्छ। यो ‘ब्युटी पेजेन्ट’को अडिसन हो जहाँ तपाईं पोटेन्सियल हुनुपर्छ। यहाँ तपाईंको व्यक्तित्व झल्किनुपर्छ। तपाईं आत्मविश्वासी र बौद्धिक देखिनुपर्छ। मेकअप नगरी आउनुहुन्छ भने त्यो त अनादर गरेजस्तो भयो।’ भन्ने किसिमको प्रतिकृया अडिसनमा दिएका छन् । तर,गुरुङको कुरा गर्ने शैलीले भने प्रतियोगीको खिल्ली उडाएको प्रष्ट देखिन्छ । मिस नेपाल पटक पटक बिबादमा फस्दै आएको छ । यसपालीको मिस नेपालको फिनाले मे ९ मा हुदैछ ।

Video going viral over internet !Judge: Rachana Gurung

Posted by meme NEPAL on Friday, April 5, 2019

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।