एक महिना अघि हराएका नेपाली बिध्यार्थीको शब फेला

श्यामसुन्दर गिरी, ४ अप्रिल सिड्नी ।गत फेब्रुअरी २५ तारीखका दिन सिड्नी स्थित रोयल नेशनल पार्कको फिगर एट पुलमा सामुन्द्रिक छालमा परि बेपत्ता भएका २२ बर्षिय नेपाली बिध्यार्थी चेतन सापकोटाको शब फेला परेको छ ।

एनएसडब्लु प्रहरी फोर्सको सुचनाका अनुसार उनको शब मंगलबार अपराहन्न भेटिएको हो । यस बिषयमा नेपाली टिभि संग कुरा गर्दै मृतकका बुबा भक्ती सापकोटाले  शब नेपाल ल्याउन सहयोग गर्न अष्ट्रेलियाका संघ-सस्थालाई अपिल समेत गरेका छन् ।

एनएसडब्लु प्रहरीको रेस्क्यु टोलीले करिब एक साता निरन्तर रुपमा उनको खोजी गरेको थियो । यद्दपी रेस्क्यु टिमले लामो समय सम्म खोज्दा पनि नभेटिए पछि खोजी कार्य स्थगित गरेको थियो । मंगलबार सामुन्द्रिक छालले नै शब फिगर एट पुल बाट करिब ८०० मिटरको दुरीमा पानीमाथि तैरिएको अबस्थामा पार्कमा हिड्दै गरेका स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

एनएसडब्लु प्रहरीले शबको सनाखत अहिले सम्म गरेको छैन । यद्दपी मृतकको बुबा भक्ती सापकोटाले आफ्नो छोराको शब भएको भनेर अष्ट्रेलिया स्थित सरकारी निकाय संग कुरा भईसकेको बताएका हुनाले उनको नाम समचारमा संलग्न गरिएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।