बाटोमा हिड्दा ठोकिएपछि कुटाकुट, एक नेपाली गम्भीर घाइते (भिडियो सहित)

सिड्नी

बाटो काट्दा ठोक्किएको विषयमा विवाद हुँदा अस्ट्रेलियाको सिड्नीमा कुटाकुट भएको छ । कुटाकुट हुँदा एक नेपाली युवा गम्भीर घाईते भएका छन् ।अष्ट्रेलियाको सिड्नीस्थित किङ क्रसको जर्ज स्ट्रिटमा सोमबार राति बाटो काट्ने क्रममा एक अर्काबीच ठोक्किएको विषयलाई लिएर शुरु भएको विवादले उग्र रुप लिएको थियो । विवाद बढ्दै गएपछि २१ वर्षका सन स्कदरले २२ वर्षीय नेपाली युवा अनिस शाहीलाई अनुहारमा मुक्का प्रहार गरेपछि शाहीको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकोमा रगत जमेको बताईएको छ । आरोपित स्कदरलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।त्यस्तै, सन स्कदरका दाजु तेजयलाई अर्का नेपाली युवा मारक लिम्बुले बक्स कटरले आक्रमण गर्दा तेजय घाईते भएका छन । उनको उपचारका लागि सेन्ट भिसेन्ट अस्पताल भर्ना गरिएको छ । घटनालगतै पुगेको पारामेडिक्सको टोलीले उनीहरुलाई अस्पताल पुर्‍याएको थियो।

लिम्बुलाई प्रहरीले हिरासतबाटै अस्पतालमा उपचार गराईरहेको छ भने अर्को समुहका स्कदर दाजुभाइ भने जमानतमा छुटेका छन् । कुटाकुटमा संलग्न सन स्कदरलाई हुलदंगा तथा अंधाधुन्द शारिरिक हमला गरेको मुद्धा लगाइएको छ । लिम्बुलाई सांघातिक आक्रमणको मुद्धा लगाइएको छ ।

भिडियो हेर्नुहोस्
https://www.facebook.com/7NEWSsydney/videos/949870571885728/

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।