अमेरिकामा नेपालीहरुले नेपालीलाई हेप्दा रहेछन् : प्रचण्ड

काठमाण्डौ । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वेदश फिर्ता भएका छन् । पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि अमेरिका गएका उनी स्वेदश फिर्ता हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग बोल्दै उनले अमेरिकामा आफुलाई फसाउन खोज्नेहरु असफल भएको बताए । उनले अमेरिकामा केही नेपालीहरुले नेपाल र नेताली नेतृत्वलाई नकरात्मक दृष्टीले हेर्ने गरेको बताए ।

उनले भने “अमेरिकामा नेपालको बिरोध गर्न पाउदा नेपालको नेतृत्व जो कोही राष्ट्रपति गए पनि प्रधानमन्त्री , नेता जो गए पनि त्यहाँ नकरात्मक दृष्टीले हेर्ने र बदनाम गर्न पाईयो भने खुसी मान्ने प्रवृती केही मान्छेहरु छन्” । उनले आफूमाथि मेरिल्याण्ड अदालतमा उजुरी परेपनि त्यस्तो कुनै अप्रिय हर्कत नभएको र त्यहाँस्थित नेपाली दुतावासले त्यसो हुन नदिन व्यवस्थित योजना बनाएको बताए ।

उनले आफुबिरुद्ध उजुरी परेको मेरिल्याण्डमा समेत पुगेर सांसद हरी भण्डारीसंग भेटवार्ता भएको बताए । उक्त भेटवार्ताले पनि अमेरिकामा राम्रो सन्देश पुगेको उनको भनाई छ । उनले अमेरिकाको तीनवटा अस्पतालमामा उपचारपछि सीता दाहालको स्वास्थ्यमा सुधार आएको पनि जानकारी दिए

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।