सिड्नी ।
अस्ट्रेलियाका यी युवाले न्युजिल्याण्ड गोलीकाण्ड घटना गरेको आसंका गरिएको छ । न्युजिल्याण्डको २ मस्जितमा भएको घटना मा ४९ जनाको ज्यान गएको छ । स्थानीय समय अनुसार शुक्रबार को दिन एक बजेर चालिस मिनेट जादा मस्जितमा सो घटना भएको थियो । प्राथना गर्ने समयमा सो घटना भएको ले धेरै को मृत्यु भएको हो । मस्जितमा प्राथना को क्रममा धेरै मानिसहरुको उपस्थिति रहेको थियो । उक्त घटनामा न्युजिल्याण्डका प्रहरीका अनुसार सो घटना अस्ट्रेलियाका युवाले गराएको हुन सक्ने आशंका गरेको छ ।
अष्ट्रेलियाका ती युवाको नाम ट्वीटरमा ब्रेनटन ट्यारेन्ट रहेको छ । उनले ७४ पेज लामो विज्ञप्ति सार्वजनिक गरेका छन् । म्यासेज बोर्ड वेबसाइटमा उक्त विज्ञप्ति सार्वजनिक गर्दै उनले घटना आफूले गराएको बताएका छन् । उनले युरोपमा अरु ठाउँबाट आएका व्यक्तिहरुले आक्रमण गरेको बदला लिंदै आफ्नो मातृभूमिमा अन्यत्रबाट आएका व्यक्तिहरुको हक छैन भन्ने चेतावनी स्वरुप घटना गराएको बताएका छन् ।
ती अष्ट्रेलियन युवाले आफू अष्ट्रेलियामा जन्मिएको र हाल उमेर २८ वर्ष भएको बताउंदै आफ्नो परिवार निम्न स्तरको आयस्रोत भएको परिवार रहेको उल्लेख गरेका छन् । घटनाको फेसबुकबाट आक्रमणकारीले लाइभ गरेका थिए । उक्त फेबुक लाइभ ती अष्ट्रेलियन युवाले नै गरेको हुनसक्ने अनुमान गरिएको छ ।