सिड्नी ।
काभ्रेपलाञ्चोकको बनेपा घर भई अध्ययनको शिलशिलामा मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ । करिब ९ महिनाअघि मेलबर्न आएकी श्रेष्ठ मेलबर्न स्थित लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिइन् ।काम सकेर राति करिब १ बजे घर फर्कदा सडक पार गर्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो जसबाट उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटना पश्चत गाडी चालकले नै प्रहरीलाई खबर गरेका थिए । उपचारकै क्रममा उनको गत मार्च ४ तारिखमा भएको थियो ।
निधन हुनुअघि उनले अङ्ग दान गर्ने निर्णय गरेकी थिइन् भने उनका आफन्तहरू ७ मार्चमा मेलबर्न आइपुगेपछि मात्र अस्पतालले यो खबर औपचारिक रूपमा जानकारी दिएको थियो ।
नेप्लिज एसोसिएसन अफ भिक्टोरिका अध्यक्ष तारा गैरेले दुर्घटनाको खबर पाएदेखि नै आफूहरू लगायत एनआरएनए र महावाणिज्य दूतावासका प्रतिनिधिहरू स्थानीय प्रशासन तथा अस्पतालको सम्पर्कमा रहेको बताए ।