काठमाडौँ — मुलुकमा गणतन्त्र आइसकेपछि पनि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको सवारीको बेला हुने सडक जामले सर्वसाधारणले पटक पटक समस्या व्यहोर्दै आएका छन् । त्यस्ता घण्टौको जामले उनीहरुमा आक्रोश पैदा भए पनि विरोध गर्न सकिरहेका थिएनन् ।
मंगलबार साँझ पनि उही प्रकृतिको समस्या दोहोरियो, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्ति सैनिक मुख्यालय भद्रकाली जाने कार्यक्रमले।शितल निवासबाट राष्ट्रपति विद्यादेवी भण्डारी, कान्तिपथबाट उपराष्ट्रपति नन्दबहादुर पुन र बालुवाटारबाट प्रधानमन्त्री केपी ओली पालैपालो नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा सहभागी हुन सैनिक मुख्यालय भद्रकाली जानका लागि एक घण्टाभन्दा बढी सवारी साधन रोकिए ।
हेर्नुहोस् भिडियोः
https://www.facebook.com/memeNEPALofficial/videos/2190907167830129/