एजेन्सी, २१ फागुन । अमेरिकामा ३४ वर्षीय प्रोफेसरले विद्यार्थीको बच्चा बोकेर पढाएको तस्बिर संसारभर चर्चित बनेको छ ।
अमेरिकाको एटलान्टामा प्रोफेसर नाथन अलेक्जेन्डरले विद्यार्थीको बच्चा बोकेर पढाएपछि उनको चौतर्फी प्रशंसा भएको हो । बच्चा हेर्ने मान्छे नपाएपछि वायन हायरले आफ्नी छोरीलाई कक्षामै लिएर गएका थिए ।
बच्चाका पितालाई कक्षामा सहज होस् भन्ने उद्देश्यले प्रोफेसरले ५० मिनेटको पूरै कक्षा बच्चीलाई बोकेर नै पढाएका थिए । गणितका प्रोफेसर अलेक्जेन्डरका आफ्ना बच्चाबच्ची नभए पनि उनले विद्यार्थीको बच्चा बोकेर पढाउँदा कुनै अवरोध आएन ।
बच्ची रुने हुन् कि भन्ने चिन्ता भएपनि बच्चीले राम्रोसँग व्यवहार गरेको र कक्षाको अन्त्यतिर बच्ची निदाएको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा प्रोफेसरको यस्तो कार्यको प्रशंसा भएको छ