अपडेटः भेटिएनन् हराएका बिध्यार्थी,खोजी कार्य बन्द

सिड्नी । गत फ्रेब्रुअरी २५ सोमबार दिउसो २ बजे सिड्नी स्थित ‘फिगर ऐट’ स्विमिङ पुल देखि बेपत्ता भएका बुटवल घर भएका एक नेपाली बिध्यार्थी एक साता भन्दा बढी समय सम्म पनि भेटिएनन् ।एनएसड्ब्लु प्रहरीले एक साता सम्म उनको खोजी कार्यमा सक्रियता जनाएको थियो । यद्दपी हराएका युबा भेटिएनन् जस्को कारण प्रहरीले हार मानेरै उनको खोजी कार्य बन्द गरेको एनआरएन एससिसिका जोईन्ट सेक्रेटरी सरोज पाण्डेले नेपाली टिभीलाई बताए ।

उता हराएका बिध्यार्थीको परिवारजनले भने नेपाली टिभि संग कुरा गर्दै हरहमेसा सहयोग गरिदिनु हुन आम नेपाली समुदाय बिच अपिल समेत गरिरहेका छन् । ईजरायलमा बस्दै आएका हराएका युबाको बुवा र परिबारका अन्य सदस्यहरुले नेपाली टिभिलाई सम्पर्क गरी नाम प्रकाशन तथा प्रसारण नगर्दिनु हुन समेत आग्रह गरेका छन् । २३ बर्षिय हराएका युबा ओलङगन युनिभर्सिटिमा अध्ययनरत थिए भने हन्स्वि बस्दै आएका थिए ।

हराएका बिध्यार्थी २ बर्ष अघि सिड्नी आएका थिए । हराएका युबा युनिट मेट र अन्य ४ साथी संगै उनीहरु बिदा पारेर घुम्नका लागि गएका थिए । सो क्रममा हराएका युबा र उनका एक साथी स्विमिङ पुल नजिकै फोटो खिच्नका लागि बस्दा सोहि बेलामा सामुन्द्रिक छाल आई दुबै जनालाई बगाएको थियो तर साथीलाई भने स्विमिङ पुल तिर छालले फालेको र उनी पुलको खाल्डोमा परेकाले उनि बाहिर निस्कन सफल भए । तर,हराईरहेका उनलाई भने छालले समुन्द्रतिर फालेको उनका एक साथीले नेपाली टिभिलाई बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।