सिड्नी । गत फ्रेब्रुअरी २५ सोमबार दिउसो २ बजे सिड्नी स्थित ‘फिगर ऐट’ स्विमिङ पुल देखि बेपत्ता भएका बुटवल घर भएका एक नेपाली बिध्यार्थी एक साता भन्दा बढी समय सम्म पनि भेटिएनन् ।
एनएसड्ब्लु प्रहरीले एक साता सम्म उनको खोजी कार्यमा सक्रियता जनाएको थियो । यद्दपी हराएका युबा भेटिएनन् जस्को कारण प्रहरीले हार मानेरै उनको खोजी कार्य बन्द गरेको एनआरएन एससिसिका जोईन्ट सेक्रेटरी सरोज पाण्डेले नेपाली टिभीलाई बताए ।
उता हराएका बिध्यार्थीको परिवारजनले भने नेपाली टिभि संग कुरा गर्दै हरहमेसा सहयोग गरिदिनु हुन आम नेपाली समुदाय बिच अपिल समेत गरिरहेका छन् । ईजरायलमा बस्दै आएका हराएका युबाको बुवा र परिबारका अन्य सदस्यहरुले नेपाली टिभिलाई सम्पर्क गरी नाम प्रकाशन तथा प्रसारण नगर्दिनु हुन समेत आग्रह गरेका छन् । २३ बर्षिय हराएका युबा ओलङगन युनिभर्सिटिमा अध्ययनरत थिए भने हन्स्वि बस्दै आएका थिए ।
हराएका बिध्यार्थी २ बर्ष अघि सिड्नी आएका थिए । हराएका युबा युनिट मेट र अन्य ४ साथी संगै उनीहरु बिदा पारेर घुम्नका लागि गएका थिए । सो क्रममा हराएका युबा र उनका एक साथी स्विमिङ पुल नजिकै फोटो खिच्नका लागि बस्दा सोहि बेलामा सामुन्द्रिक छाल आई दुबै जनालाई बगाएको थियो तर साथीलाई भने स्विमिङ पुल तिर छालले फालेको र उनी पुलको खाल्डोमा परेकाले उनि बाहिर निस्कन सफल भए । तर,हराईरहेका उनलाई भने छालले समुन्द्रतिर फालेको उनका एक साथीले नेपाली टिभिलाई बताए ।








