सर्ट फिल्ममा यस्तो छ अष्ट्रेलियामा संचालित कन्सल्टेन्सीको रुप

सिड्नी ।पछिल्लो समय अष्ट्रेलियाको नेपाली समुदाय बिच ‘एआईबिटी’ कलेज काण्डले माहोल तातिरहेको छ । नेपालमा समेत अब्बल मानिएका कन्सल्टेन्सीहरुले नर्सिङ रजिष्टर नभएको कलेजमा एक हजार भन्दा बढी नेपाली बिध्यार्थीहरुलाई पठाएर उनिहरुको भबिष्य माथि खेलबाँड गरेको भन्दै बिध्यार्थीहरुले बिरोध जनाएपछि यो काण्डले समग्र कन्सलटेन्सी क्षेत्रलाई तताएको छ ।

कन्सल्टेन्सीहरुले बिध्यार्थीहरु संग चर्को सेवा शुल्क लिने,उचित परामर्श नदिने,केहिले गलत परामर्श दिएर भबिष्य नै अन्धकारमय बनाईदिने गरेका जस्ता गुनासाहरु सुनिदै आएको बेला अष्ट्रेलियाका नेपाली कन्सल्टेनसीहरुले बिध्यार्थीहरुलाई कुन रुपमा लिन्छन् भन्ने बिषयमा एक शर्ट फिल्म सार्बजनिक भएको छ ।

कन्सल्टेन्सीको साँचो कन्भर्सेसनको रुपमा सार्बजनिक सर्ट फिल्मलाई ईश्वर केसीले लेखेका हुन् । उक्त फिल्ममा राजिब भुषाल,रोशन खतिवडा,राजेश घिमिरे र ईश्वर केसीले अभिनय गरेका छन् । भिडियो हेर्दा लाग्छ,कतै यस्ले वास्तविकता त बोलिरहेको छैन ?

हेर्नुहोस् भिडियोः

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।