काठमाडौँ – आजभोली चाइनाको मोबाइल र फेसबुकको प्रेम एउटै हो भनिन्छ। फेसबुकमा भेटिएको प्रेम चाइनाको मोबाइल जस्तै दिगो नहुने मान्यता रहदै आएको बेला एक पाकिस्तानी प्रेमिका आफ्नो नेपाली प्रेमीसंग बिहे गर्ने नेपाल आइपुगेकी छिन ।
प्रेम को न जात हुन्छ न धर्म भन्ने प्रमाणित गर्दै उनले जन्म दिने आमाबुवा घर-परिवार र देशलाइ भुलेर नेपाल आएकि छिन । २२ बर्षिय अमना सफिक पाकिस्तान रवालपिण्डी पन्जाब प्रान्तकि हुन्।
बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गर्नुभएको थियो ।
पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यस“ग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गर्नुभएको हो ।
दुईवर्ष अघिदेखि चिनजान भएपछि उहाँले नेपाली भाषा सिक्न थाल्नुभएको थियो । नेपालको ग्रामीण बासिन्दा झै बोल्न र लेख्नसक्ने भएपछि उहाँले विवाहका लागि तयारी गर्नुभएको थियोे ।
विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत जानुभएको थियो । केटीका तर्फभने अभिभावक नभए पनि उहाँले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफरिस लिएर आउनुभएको थियो । सफिकले पाकिस्तानी बाबुआमास“ग पनि सहमति लिएको बताउनुभयो ।
मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार सो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताउनुभयो ।
‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पु¥याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भन्नुभयो, “फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।”
कानूनी रुपमा बलियो बनेर उनीहरुले औपचारिक विवाह गरेको विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताउनुभयो । मुस्मिल बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताकोे उहाँले प्रशंसा गर्नुभयो । पाकिस्तान वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो ।
धार्मिक बाधा के होला ?
नेपालमा हिन्दु महिला वा पुरुषले जुनसुकै धर्ममा विश्वास गर्नेहरुसंग विवाह गर्दा सामाजिक रुपमा असहज भएतापनि कानुनी रुपमा गैरकानुनी मानिदैन तर पाकिस्तानमा भने त्यो कुरा फरक छ । पाकिस्तानी कानुन अनुसार मुस्लिम पुरुषले गैरमुस्लिम संग विवाह गरि धर्म परिवर्तन गराउन छुट छ तर महिलाहरुलाई भने गैरमुस्लिम पुरुषहरु संग विवाह गर्न प्रतिबन्ध लगाईएको छ।