सिड्नी ।सोमबार दिउसो २ बजे देखि सिड्नी स्थित ‘फिगर ऐट’ स्विमिङ पुल देखि बेपत्ता भएका एक नेपाली बिध्यार्थीको खोजी कार्यमा सहयोग गर्न पिडित परिवारले जोडदार अपिल गरेको छ ।
नेपाली टिभि अष्ट्रेलियामा समचार प्रकाशित भएपछि नेपालमा रहेका सम्बन्धित परिवारले सम्पर्क गरी खोजी कार्यमा सहयोग गर्न नेपाली समुदाय बिच अपिल गरेका हुन् । ब्यक्तिगत गोपनियताका कारण पिडित परिबार र हराएका बिध्यार्थीको नाम प्रकाशन तथा प्रसारण नगरिदिनु हुन समेत परिवार सदस्यले आग्रह गरेका छन् ।
नेपाल स्थित पारिबारिक सदस्यका अनुसार अहिले साँझ ६ बजे सम्म केहि खबर अष्ट्रेलियन प्रहरीले दिने भन्ने खबर आएको पनि पारिवारिक सदस्यले बताएका छन् ।
ओलङगन युनिभर्सिटीमा अध्ययनरत हराएका २३ बर्षिय बिध्यार्थी २ बर्ष अघि सिड्नी आएका थिए । हराएका युबा युनिट मेट र अन्य ४ साथी संगै उनीहरु सोमबार बिदा पारेर घुम्नका लागि गएका थिए । सो क्रममा हराएका युबा र उनका एक साथी स्विमिङ पुल नजिकै फोटो खिच्नका लागि बस्दा सोहि बेलामा सामुन्द्रिक छाल आई दुबै जनालाई बगाएको थियो तर साथीलाई भने स्विमिङ पुल तिर छालले फालेको र उनी पुलको खाल्डोमा परेकाले उनि बाहिर निस्कन सफल भए । तर,हराईरहेका उनलाई भने छालले समुन्द्रतिर फालेको हुन सक्ने उनका परिबारिक सदस्य र सिड्नीका एक साथीले नेपाली टिभिलाई बताए ।