डोल्मा शेर्पा देखि अमर बम,आनिस खालिङ राई हुँदै मृगौला पीडितहरू र ब्लड क्यान्सर पीडितहरूलाई सहयोग जुटाउदै आएको अबस्थामा बिगतमा धुर्मुस सुन्तली फाउण्डेशनले भुकम्प पीडित र बाढी पिडीत साथै जाडोमा कठयाङ्ग्रीएर जीवन जीई रहेका नेपालीहरूका लागि निर्माण गरेको मुसहर बस्ति र एकिकृत नमुना बस्ति निर्माण गर्दा बिदेशीएकाहरूको सहयोगकै कारण कार्य सम्पन्न भएकै हो तर आज धुर्मुस सुन्तली फाउण्डेशनले जुन रणनिती लिएर गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान थालेको छ यो एकदमै गलत साबित हुने छ।हास्य कलाकार जोडीलाई अगाडी सारेर नेपाल सरकारले जुन रणनिति अपनायो यसबाट के प्रष्ट हुन्छ भने धुर्मुस सुन्तली नेकपाको एजेन्ट नै हुन्।ओली सरकारले धुर्मुस सुन्तलीलाई हतियार बनाएर नाफा मुलक स्टेडियम बनाउन ठेक्का दिएको छ।
नेपाल सरकारले राष्ट्रिय खेलकुद परीषद्संग समन्वय गरी सरकारकै ढुकुटीबाट खेल मैदान निर्माण गर्नु पर्ने हो तर सरकार किन निरीह बन्दै छ ? नेपाल सरकार ठूलो हो की एउटा ब्यक्तिले खोलेको फाउण्डेशन ठूलो हो ? यदी फाउण्डेशन नै ठूलो हो भने सरकारको औचित्य के हो ? बिदेशीएका नेपालीको रोजी रोटीको छाक कटाएर जनता लुट्ने कार्यमा अग्रसरता देखाउन उचित होला र ? बिदेशीएका नेपालीले छुट्टी आउँदा आफ्नै ब्यक्तिगत प्रयोजनका लागि बिदेशबाट ल्याएका केही बोतल रक्सी माथि पनि गिद्धे नजर लगाउने सरकारलाई हाम्रो मनले कसरी सहयोग गर्ने ? हामीले दिएकै करबाट बन्नु पर्ने होईन र बाटो घाटो साथै खेलकुद मैदान । बार्षिक छुट्टाईएको बजेटलाई कोल्याप्स गराई दिने, एनसेलबाट लिनु पर्ने ७२ अरब राजस्व लिन नसक्ने,प्रचण्डले घोटला गरेको भनिएको २० अरब छानबिन गर्न नसक्ने,वाईड बडी जहाजको खरीद प्रकृयामा भएको ४ अरब बढी भ्रष्ट्राचार भएको रकमको खोजतलास गर्न नसक्ने,भ्रष्ट्रचारीहरूलाई कानुनी कठघरामा ल्याएर पैसा उठाउन नसक्ने अनि उल्टै हास्य कलाकार धुर्मुस सुन्तलीलाई रंगशाला बनाउन दिने !
नाफा मुलक र ब्यबशायीक हिसावमा निर्माण हुने क्रिकेट स्टेडियमको फाईदा कसले लिने ? धुर्मुस सुन्तली फाउण्डेशन वा भरतपुर महानगरपालिकाले ? के स्टेडियम बन्दा अनुदान गर्नेहरूले चाँहि केही नपाउने ? स्मरण रहोस नमुना बस्ति र मुसहर बस्ति बनेको जस्तो सजिलो छैन क्रिकेट स्टेडियम बन्न।लगभग ३ अरबको लेखा जोखा गरीएको परीयोजना चानचुने भने पक्कै छैन्।सरकारले धुर्मुस सुन्तलीलाई अगाडी सारेर स्टेडियम बनाउनु भन्दा आफैले निर्माण गरेको राम्रो साथै धुर्मुस सुन्तलीलाई एउटै अनुरोध तपाईहरूको संस्थालाई नेकपाको भातृ संगठनको दर्जा नदिनु होला।बिदेशीएका नेपालीको गाँस खोसेर सरकारलाई खुशी बनाउदै नाम र तक्मा थप्ने काम नगर्नु होला किनकी तपाईहरूको जति भूमिका छ त्यति नै भूमिका ती तपाईको फाउण्डेशनलाई सहयोग पुर्याउनेको पनि छ।