सिड्नी
वेस्ट सिड्नीको बेन्टस् बसिन स्थित परिचित स्विमिङ स्थलमा पौडी खेल्ने क्रममा २५ बर्षिय युबाको आईतबार दिउसो ज्यान गएको छ ।शनिबार साँझ विकएण्ड मुडमा साथीहरु संग क्याम्पियनमा निस्केका युबाहरु मध्ये बिराटनगर घर भई सिड्नीको अबर्न बस्दै आएका एक युबाको पानीमा डुबेर मृत्यु भएको हो । स्थानीय टेलिभिजन नाईनन्युजका अनुसार मृतक सहित २० बर्षका अन्य दुई साथी पौडी खेल्न पसेका थिए ।
बिहान १० बजेर ३० मिनेटमा आपत्कालीन समुह उद्दारमा जुटे पनि करिब १ बजेर ३० मिनटमा मात्रै सब भेटिएको हो ।
मृत्युको खबर अष्ट्रेलियाका स्थानीय टेलिभिजनमा आए पछि सो घटना बारे नेपाली समुयाले खबर पाएको हो । यस घटना बारे एनआरएन अष्ट्रेलियाका प्रबक्ता डिला खरेल संग बुझ्दा नेपाल बाट घटना बारे मृतकको काकाको फोन आएको बताउदै थप जानकारी आईनसकेको बताएका छन् ।
प्रबक्ता खरेलले नेपाली समुदायमा दिन प्रतिदिन दुःखद् घटना घटेको बताउदै यस घटनाले नेपाली समुदाय बिक्षिप्त बनेको बताउदै मृतकको नाम मात्र खुलेको र थर नखुलेको बताए ।
प्रबक्ता खरेलका अनुसार मृतकका परिबारले सब नेपाल पठाउन सहयोग मागेकाले एनआरएन अष्ट्रेलियाले सक्दो सहयोग गर्ने बताए ।
यसबारेमा थप जानकारी लगत्तै अपडेट गराईनेछ ।
भिडियोः
photo : 9news sydney
Video : 7news