सिड्नी । चार महिना अघि नर्थ सिड्नी क्षेत्रको ओपल एज केयरमा कार्यरत नेपाली युबा प्रकाश पौडेलले कार्यस्थलमा करिब ८० बर्षका बृद्दलाई पिटेको अभियोगमा उनलाई स्थानीय अदालतले जेल तोकेको छ ।
नर्थ सिड्नी स्थित म्यान्लीको स्थानीय अदालतले बुधबार पौडेललाई दोसी ठहर गर्दै जेल सजायको फैसला सुनाएको हो । एज केयरमा डिमेन्सीया रोगीका रूपमा रहेको वृद्धलाई केयरटेकरका रुपमा काम गर्दै आएका पौडेलले हातपात गरेको भिडियो बिरामीको परिवारले सार्वजनिक गरेको थियो । उक्त भिडियोलाई स्थानीय टेलिभिजन च्यानलले प्रसारण गरे पछि ब्यापक चर्चा र खण्डन चलेको थियो ।
बिरामी डेविड नाबुसीकी छोरीले डेबिडको सुत्ने कोठामा लुकाएर राखेको क्यामराको फुटेजले सो घटना बाहिर ल्याएको थियो ।