फुट्यो बिबेकशिल साझा,उज्वलले दर्ता गरे नयाँ दल

काठमाण्डौ ।

केहि गर्छन् की भनेर आम जनताले बिश्वास गरेको पार्टीको नाम थियो बिबेकशिल साझा । जुन बिबिसिका पुर्ब संचारकर्मी रबिन्द्र शर्मा र बिबेकशिल नेपालीका अध्यक्ष उज्वल थापा मिलेर बिबेकशिल साझा बनाएका थिए । तर,अहिले पार्टी फुटेको स्रोत बताउछ ।पार्टीका संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको खबर बाहिरिए संगै बिबेकशिल फुटेको भन्न सकिन्छ ।

३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

केहि समय देखी रबिन्द्रले पार्टीले एकतर्फी रुपमा आफैले हाँक्न खोजेको आरोप उज्वलले लगाउदै आएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।