सिड्नी ।
सिड्नी बाट करिब ८० किलोमटरको दुरीमा रहेको ओलङगन क्षेत्रमा कार दुर्घटनामा एक नेपाली युबाको मृत्यु भएको छ ।चितवन घर भएका सुजन दाहालको बिहिबार राति गाडी रोकिराखेको ठूलो ट्रकमा ठोक्किँदा उनको ज्यान गएको हो । गाडी दुर्घटनाकै क्रममा ओलङगन अस्पताल ल्याइएको उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । उनी न्यु साउथवेल्सको डब्बो क्षेत्रको टारीमा परिवार सहित बस्दै आएका थिए ।
यो महिना मात्रै अष्ट्रेलियामा नेपाली सुमदायले चार युबालाई गुमाउन पुगेको छ भने बिहिबार देखि नै बिगुल पण्डित पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । पण्डितको खोजी कार्य जारी छ । तर,यो समचार तयार गर्दा सम्म पण्डितको कुनै पनि पारिबारिक सदस्य तथा साथीहरुले उनी हराएको कुरा अष्ट्रेलियाको समुदाय या एनआरएनलाई खबर भने गरेको छैन ।