के तपाई अष्ट्रेलियाको रेलमा यात्रा गर्दै हुनुहुन्छ? सतर्क रहनुस!!!

  SABIN KARKI SYD

सबिन कार्की , सिड्नी 

स्ट्रबेरीमा भेटिएको सियोले अस्ट्रेलिया हल्लाएको खबर सेलाउन नपाउँदै आज बिहान ७.४५बजे मेल्बर्न मेट्रो ट्रेनको सिटमा भेटिएका सियोहरुले अस्ट्रेलियामा फेरी अर्को सनसनी मच्चाएकोछ।

मेल्बर्नको वेस्ट फुट्स्क्रे स्टेसनबाट मेट्रो ट्रेन चढेका एन्थोनी आर्टुसा नामक एक ब्यक्तीले बस्ने क्रममा सिटमा गाडीएको अबस्थामा २० वटा सियो भेटे। त्यसपछी लगतै उनले सोसेल मिडीयाबाट सबैलाई सतर्क रहन आब्ह्वान समेत गरे । #NeedlesOfMelbourneनामक  ट्विट बनायर उनले सो सुचना सबैमाझ पुर्याएका हुन।

सेभेन निउजले जनाएअनुसार भिक्टोरीया पुलिस र मेट्रो ट्रेन मिलेर यो घटनाको छानबीन गरिरहेकाछन।

पुलिस इन्स्पेक्टर एन्ड्रयू गस्ट्कले बताएअनुसार सीसीटीभीको फुटेज हेर्दा मङ्गलबार ६ र ७ बजेको बीचमा एक पुरुष वाटरगार्डेन्स स्टेशनबाट ट्रेन चढेर त्यही सिटमा बसी छिट्टै उठेर अर्कोमा गएको थियो।यसैलाई आधार बनायर  धेरै गम्भीरतासाथ लिई घटनाको छानबीन गरी छिटै दोषीलाई कारबाही  गरिने कुरा गस्ट्कले पत्रकारहरुलाई बताए।

गत वर्ष क्वीन्सल्याण्डमा स्ट्राबेरीमा भेटिएको सियोले अष्ट्रेलियन स्ट्राबेरी उद्योगलाई घुँडा टेकाएको थियो।दुई महिना लामो अनुसन्धान पछी एक क्वीन्सल्याण्डकोखेतमा काम गर्ने सुपरभाईजरलाई कठघरामा उभ्याई त्यस घट्नालाई साम्य बनाईएको थियो।

के तपाई पनि रेलमा यात्रा गर्दै हुनुहुन्छ? बस्ने बेलामा बिचार पुर्याएर बस्नुहोला। 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।