अष्ट्रेलियाका राजदुत लक्की शेर्पा बर्खास्त,सकियो चुरिफुरी

काठमाण्डौ ।
नेकपा माओबादी (केन्द्र) या भनौ प्रचण्डको आशिर्बादले अष्ट्रेलियाका लागि राजदुत भएकी लक्की शेर्पा सुरु देखी नै सामाजिक संजालमा निकै सकृय रहदै आएकी छिन् ।राजदुत पदभार ग्रहण गरेदेखी नै सामाजिक संजाल देखि आफुलाई सेलिब्रेटीका रुपमा अघि बढाउन निकै प्रयासरत लक्की शेर्पाको आफ्नै ड्राईभर वाङजु शेर्पाले उनको असली रुप देखाईदिए पछि उनी राजदुत पद बाट बर्खास्त भएकी छिन् ।

दुई महिना अघि देखि उनी मानब तस्करीको आरोपमा बिबादमा तानिपछि उनलाई परराष्ट्रमन्त्रालयले स्पष्टीकरण तथा जाँचबुझका लागि नेपाल तानेको थियो । मानब तस्करको गम्भिर आरोप लागेपछि नेपाल सरकारले छानबिन समिति समेत बनाएको थियो ।

छानबिन समितिको प्रतिबेदन केहि दिन अघि मात्रै परराष्ट्र सचिबलाई बुझाएपछि सचिवले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली संगको सल्लाह पछि सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले राजदुत शेर्पालाई पद बाट बर्खास्त गरेको हो ।

परराष्ट्र मन्त्रालयद्वारा गठित छानबिन समितिलाई शेर्पाले स्पष्टीकरण दिएपनि सरकारले शेर्पाका गतिविधिलाई गलत ठहार्याउँदै बर्खास्त गरेको हो । शेर्पाले स्पष्टीकरणकै क्रममा परराष्ट्र समितिलाई गत वर्ष नोभेम्बरमा अष्ट्रेलियास्थित दूताबासले उनको घरेलु सहायक वाङचु शेर्पाका केही गतिविधिहरु संदिग्ध रहेको, वाङचु र उनकी पत्नीले नेपालबाट अष्ट्रेलिया लैजाने भनी केही व्यक्तिहरुबाट ठूलो रकम असुलेको सम्भावना रहेको बताएकी थिईन् ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।