ईमोसनल ब्ल्याकमेल गर्दैमा रविको कर्तुत लुक्दैन-सम्झना पौडेल

सम्झना पौडेल। म एक स्वतन्त्र पत्रकार हुँ । आजसम्म दलकारिता, प्रचारकारितासँग रहेर कहिल्यै कुनै प्रकारका कसैको पनि दवावमा परेर न रेडियोमा हुँदा समाचार भने, न अनलाइनहरुमा लेख लेखेँ ।किनकि कहिल्यै पनि कसैको व्यक्तिगत कुरामा रहेर भन्दा पनि समाज र देशलाई सकारात्मक बाटोतर्फ लैजानु नै एक सच्चा पत्रकारको धर्म हो भन्ने बुझेकी छु । पछिल्लो समयमा केहिले भगवान मानेको एकजना टिभी पत्रकारको (अमुकपात्र) कुरा बाहिर आयो ।

त्यस बिषयमा मैले पनि सामाजिक सञ्जालमा आफ्ना केही अभिव्यक्ति राखेको थिएँ, जुन उनीहरुको समाचार आएपछि भन्दा लगभग ५ घण्टा पछाडि लेखिएको थियो ।

लोकतन्त्रमा फरक विचार राख्न पाउनु सबैको अधिकार हुन्छ । तर भगवान मानिएका अमुकपात्रको बिषयमा केहि लेख्दा धेरैले सर्पले झै डस्न खोज्ने यसअघि पनि गैरकानुनिरुपमा बस्दै आएको र अमेरीकि कार्ड नत्यागेको बिषयमा लेख्दा म डिप्रेसनमा नै पुगेको थिए।

कारण थियो, उनका श्रद्धालु भक्तजनकोे अश्लील गालिगलौज । अमुकपात्रले बहुविवाह गरेको कुरा जब समाचारको माध्यमबाट अनलाइनहरुमा आयो तब आफ्नो गल्ती आफैले पर्दाफास गरेजस्तो गरी सोझा जनताहरुलाई इमोसनल ब्ल्याकमेल गरी स्टाटससम्म लेख्न भ्याए ।

उनकै भनाईअनुसार पुर्व पत्नीसँग एक महिना अगाडि मात्रै डिभोर्स गरेको, तर अमेरिकामा हुँदा एक विदेशी महिला सँग अवैध सम्बन्ध रहेको र उक्त महिलासँग पनि एकजना छोरा रहेको कुरा खुल्न आयो ।भन्नाले आफै विचार गर्नुहोस । विवाह भनेको दुई आत्माको मिलन र समझदारी हो । घरमा एक श्रीमती भै-भै किन उनले अर्की महिलासँग अवैध सम्बन्ध राखे र बच्चासम्म जन्माए ?

यहाँनेर एकजना पत्रकारको भनाई जस्ताको तस्तै राख्न सान्दर्भिक ठाने – ‘यदि रबी लामिछानेकी पूर्वपत्नी इशा लामिछानेले अमेरिकामा रबीले जस्तै कुनै अमेरिकी पुरुषसँग अबैध सम्बन्ध राखेर सन्तान जन्माएको भए इशाले उहिल्यै रबी र समाजको सजाय भोगिसक्नु पर्थ्यो । उनलाई हाम्रो समाजले ‘बेश्या’ को संज्ञा दिइसकेको हुन्थ्यो’ ।

तर, रबीलेसमेत स्वीकार गरिसकेको अवस्थामा उनी भगवान हुन् र, हाम्रा नेपाली दिदीबहिनीहरू रबीका भक्तहरू हुन् । कसैको व्यक्तिगत जीवनमा चासो राखिएको भन्दै गुनासो गरिरहेका छन् । मलाई लाग्छ कसैको चरित्र हत्या गर्न व्यक्तिगत कुरा गरिएको छैन । प्रवृत्ति र नियतको कुरा गरिएको हो ।

एक पटक सोच्नुसस तपाईंको गाउँको एउटा सामान्य केटा मान्छेले बिबाहविना कसैलाई गर्भवती बनाएर छोड्यो भने ? अब तपाईं भगवान नै मान्नुहुन्छ ?

कसैले पनि आफ्नो धरातल बिर्सनु हुँदैन । धरातल के हो त्यसमै अडिक रहेको राम्रो हुन्छ । कुतर्क गर्न आवश्यक छैन । कहिले घरमा एक बुढि हुँदाहुँदै अरुसँग सम्पर्क गर्ने र बच्चा जन्माउने, कहिले डिभोर्स गरेर अर्कीसँग इन्गेजमेन्ट गर्ने यस्तालाई के भन्ने खै ? लौ आफै भन्नुहोस्।

उनले मोज–मस्ती गरेर बसेको प्रमाण ती विदेशी महिला पट्टीको छोरा छ । फैला सर्जात नाम गरेकि महिलासँग ब्रेकअप भएपछि ड्म्यो सर्फाला नाम गरेकि महिलासँग पनि लामो समय लिभिङ टुगेदरमा बसेको कुरा बाहिर आएको छ भने जेठी श्रीमती इसा लामिछानेको जीवनमा प्रेम नै कहाँ मिल्यो होला र ?

लौ यो सम्म पनि ठिक थियो तर अहिले आएर एक मालिकको छोरीसँग प्रेम सम्बन्ध रहेको र इन्गेजमेन्ट समेत गरिसकेको कुरा छ । कहिले गोरी केटीहरुसँग त कहिले पैसावालाको छोरीहरुसँग मोज–मस्ती गरेर हिँड्दा इसालाई नै गलत देख्ने हाम्रो समाज देख्दा दया लागेर आयो ।

अझ उनै अमुकपात्रले हिजो टिभी कार्यक्रममा म युवावस्थामा थिएँ, त्यतिबेला जोशमा होश गुम्यो, त्यहिँबाट पाठ सिक्दै अतीतलाई बिर्सेर नयाँ ढङ्गले जीवन चलाउन चाहन्छु जस्ता तर्क विर्तक पनि गरे । के अपराधिले आवेगमा आएर हत्या ग¥यो र बलात्कारीले आवेगमा आएर बलात्कार गर्यो भने छुट पाउने कि नपाउने ?

हैन भने मान्छेले पहिल्यै देखि चरित्र शुद्ध राख्नसक्नुपर्छ नत्र अतीतले सधै पछ्याइनै रहन्छ ।

केहि महिलाहरुले इशाले नै घर बिगारे भनेर भनेका छन् । एउटा सामान्य पुरुषले घरमा रक्सी खाएर आउँदा महिला हिंसा भयो भनेर फलाक्ने महिलाअधिकारवादीहरु कहाँ छन् ? कि भगवान मानेको भएर उनलाई सबै छुट दिने ? कृष्ण भगवानले १६०० बिहे गरे अमुकपात्रकोे त ३ वटा भनेर छुट दिने हो भने त्यो कुर्तक मात्रै हो ।

२३ र १५ बर्षकि दुईवटा छोरीहरु हुदाँहुदै पनि इशाले बाध्य भएर डिभोर्स दिइन् । इशाले उनै पात्रसँग सम्बन्ध तोड्न चाहेको हो भने २४, २५ वर्ष सम्म आँसुको आहालमा डुबेर किन बसिन् । उन विदेशी महिलाहरुको लाग्दा पनि चुप बसेकि रहिछिन् । फेरी अहिले आएर उनलाइ किन सम्बन्ध विच्छेद गर्न मन लाग्यो होला र ? उनि त अमेरिकामा छिन् ।

इशाले डिभोर्स गर्नुको कुनै जरुरतनै थिएन । थियो त केवल उनै अमुक पात्रलाई अर्कीसँग बिहे गर्नु र बाध्य बनाएको हुनुपर्छ भनेर सहजै भन्न सकिन्छ । हो यसरी एक महिला पीडामा पर्दा मौका छोपेर त्यो पुरुषसँग लाग्ने र एक महिलालाई समस्या पर्दा उल्टो हेप्ने प्रवृत्तिले आलो घाउमा नुनचुक छर्ने काम गरेको छ । भन्ने बेलामा भगवान भन्ने नै हुदैन यो त सब मान्छेले बनाएको कुरा हो भनेर ठुल्ठुला स्वरमा कराउने अनि ईमोसनल ब्ल्याकमेल गर्दै

अमुक पात्रलाई चाहि भगवान नै मानेर सबै गल्ती इशाकै देख्ने हो भने हामी र हाम्रो समाजमा अझै पनि महिला प्रति हेर्ने दृष्टिकोण नकारात्मक छ भनेर सहजै भन्न सकिन्छ ।

(लेेेेखकको निजि विचारमा) एभरेष्टदैनिकबाट

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।